back

बंगलादेशमा साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

वि.सं.२०७३ कात्तिक ७ आइतवार

684 

shares
GLOBAL IME AD
NTC AD


wnso-bangledes-9

बंगलादेशमा भव्य रुपमा नेपाली साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी नेपाली विद्यार्थी संस्था  (WNSO) बंगलादेशले नेपालबाट चर्चित कलाकार सुगम पोखरेल र कमलकुमार क्षेत्रीलाई बोलाई उक्त सांस्कृतिक कार्यक्रम गरेको हो । अक्टोबर २० का दिन आयोजना गरिएको सो कार्यक्रममा ५ सय नेपालीहरुको उपस्थिति रहेको थियो । यूएस बंगला एयरलायन्सले प्रायोजना गरेको सो कार्यक्रमको सहप्रायोजकको रुपमा नेपाल स्कलरशिप फाउण्डेसन म्याण्डी डेन्टल कलेज एण्ड हस्पिटल रहेको थियो ।
wnso-bangledesh-3सो अवसरमा बंगलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययरत रहि टप टेनमा पर्ने नेपाली विद्यार्थीलाई ‘एक्सीलेन्सी अवार्ड’ तथा सटिर्फिकटबाट सम्मान गरिएको थियो । वोन्सो २०१६ को कार्यसमितिलाई प्रदान गरिउको मायाको चिनो अध्यक्ष डा राकेश साहले ग्रहण गरेका थिए । त्यसैगरी स्पोन्सर तथा अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
wnso-programme-1
नेपाली तथा बंगलादेशको राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली दूतावासका कन्सुलर धनबहादुर ओलि रहेका थिए । उद्घाटन कार्यक्रममा यूएस बंगाला एयरलायन्स लि. का सेल्स एण्ड मार्केटिङ डायरेक्टर, म्याण्डी डेन्टल कलेजका डा सलाउदिनका प्रिन्सिपल अल अजाद गाजि सलउदिन, नेपाली दूतावासका द्वितिय सचिव दिल्लीप्रसाद आचार्य र रुट बंगलादेशका अध्यक्ष शेलि सेन गुप्ताले सम्बोधन गरेका गरेका थिए ।
wnso-bangladesh-2

दोस्रो चरणमा भएको साँस्कृतिक कार्यक्रममा विभिन्न मेडिकल तथा डेन्टल कलेजका विद्यार्थीहरुले प्रस्तुती प्रस्तुत गरेका थिए । चित्ताङ मेडिकल कलेज, इनाम मेडिकल कलेज, डेल्टा मेडिकल कलेज, सिक्देर वोमन्स मेडिकल कलेज, हाजि दानिस साइन्स एण्ड टेक्नोलोजी, युनिभर्सिटि अफ अनवार खान मेडिकल कलेज, ढाका मेडिकल कलेज, नर्थ बंगाल मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आ–आफ्नो प्रस्तुती देखाएका थिए । डा विश्व कार्की र डा कविता पौडेलको निर्देशनमा विभिन्न नेपाली संस्कृति झल्कने नेपाली तथा मैथली नृत्य पनि प्रर्दशन गरिएको थियो ।

कमलकुमार क्षेत्री र सुगम पोखरेलले विभिन्न गीतहरु गाएर दर्शकलाई मञ्चमा नचाएका थिए । कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको वोन्सो बंगलादेशका अध्यक्ष डा राकेश साहले बताए । सो अवसरमा राफल चिट्ठासमेत खोलिएको थियो ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार १०:४९ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिभिरेलाई विशेष सम्मान प्राप्त...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...