back
CTIZAN AD

बंगलादेशमा साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

वि.सं.२०७३ कात्तिक ७ आइतवार

1.3K 

shares


wnso-bangledes-9

बंगलादेशमा भव्य रुपमा नेपाली साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी नेपाली विद्यार्थी संस्था  (WNSO) बंगलादेशले नेपालबाट चर्चित कलाकार सुगम पोखरेल र कमलकुमार क्षेत्रीलाई बोलाई उक्त सांस्कृतिक कार्यक्रम गरेको हो । अक्टोबर २० का दिन आयोजना गरिएको सो कार्यक्रममा ५ सय नेपालीहरुको उपस्थिति रहेको थियो । यूएस बंगला एयरलायन्सले प्रायोजना गरेको सो कार्यक्रमको सहप्रायोजकको रुपमा नेपाल स्कलरशिप फाउण्डेसन म्याण्डी डेन्टल कलेज एण्ड हस्पिटल रहेको थियो ।
wnso-bangledesh-3सो अवसरमा बंगलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययरत रहि टप टेनमा पर्ने नेपाली विद्यार्थीलाई ‘एक्सीलेन्सी अवार्ड’ तथा सटिर्फिकटबाट सम्मान गरिएको थियो । वोन्सो २०१६ को कार्यसमितिलाई प्रदान गरिउको मायाको चिनो अध्यक्ष डा राकेश साहले ग्रहण गरेका थिए । त्यसैगरी स्पोन्सर तथा अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
wnso-programme-1
नेपाली तथा बंगलादेशको राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली दूतावासका कन्सुलर धनबहादुर ओलि रहेका थिए । उद्घाटन कार्यक्रममा यूएस बंगाला एयरलायन्स लि. का सेल्स एण्ड मार्केटिङ डायरेक्टर, म्याण्डी डेन्टल कलेजका डा सलाउदिनका प्रिन्सिपल अल अजाद गाजि सलउदिन, नेपाली दूतावासका द्वितिय सचिव दिल्लीप्रसाद आचार्य र रुट बंगलादेशका अध्यक्ष शेलि सेन गुप्ताले सम्बोधन गरेका गरेका थिए ।
wnso-bangladesh-2

दोस्रो चरणमा भएको साँस्कृतिक कार्यक्रममा विभिन्न मेडिकल तथा डेन्टल कलेजका विद्यार्थीहरुले प्रस्तुती प्रस्तुत गरेका थिए । चित्ताङ मेडिकल कलेज, इनाम मेडिकल कलेज, डेल्टा मेडिकल कलेज, सिक्देर वोमन्स मेडिकल कलेज, हाजि दानिस साइन्स एण्ड टेक्नोलोजी, युनिभर्सिटि अफ अनवार खान मेडिकल कलेज, ढाका मेडिकल कलेज, नर्थ बंगाल मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आ–आफ्नो प्रस्तुती देखाएका थिए । डा विश्व कार्की र डा कविता पौडेलको निर्देशनमा विभिन्न नेपाली संस्कृति झल्कने नेपाली तथा मैथली नृत्य पनि प्रर्दशन गरिएको थियो ।

कमलकुमार क्षेत्री र सुगम पोखरेलले विभिन्न गीतहरु गाएर दर्शकलाई मञ्चमा नचाएका थिए । कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको वोन्सो बंगलादेशका अध्यक्ष डा राकेश साहले बताए । सो अवसरमा राफल चिट्ठासमेत खोलिएको थियो ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार १०:४९ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...