राष्ट्र निर्माणका लागि सबैभन्दा सशक्त मानिएका युवाहरूको विदेश पलायन अहिले नेपालको समग्र विकासको पेचिलो चुनौती बन्दै गएको छ । अपार क्षमता, सिर्जनशीलता, जोश, जाँगर र उत्साहले ओतप्रोत लाखौं युवा मुलुकको विद्यमान अवस्थाबाट निराश, दमित र थकित भएर रोजीरोटी र अवसरको खोजीमा परदेशका गल्ली, कारखाना र मरुभूमिहरूमा रगत र पसिना बगाउन बाध्य बनेका छन ÷पारिएका छन ।
एकातिर यसबाट हाम्रो देशले उत्पादन क्षमता दिनानुदिन गुमाइरहेको छ भने अर्कातिर देशको सामाजिक आर्थिक हैसियत खस्किरहेको छ । अपार उत्पादन, प्राकृतिक स्रोत र सम्भाबना भएको देशमा आर्थिक लगानीको स्रोत ब्यबस्थापनको जिम्मा समेत सहकारीले लिएको छ तर पनि किन सबै युबाशक्ति बिदेश पलायन हुँदै आएका छन ? यो गम्भिर बिषय हो । हामीले न यस प्रति खोजी ग¥र्यौ न कसैले अभियान नै चलायो ।
निरन्तर बिदेशमुखी सपनाले दैनिक दर्जनौ युबा रातो बाकसमा फर्किन बाध्य बनाएको छ भने कतिको शब समेत नेपाल फर्काउन नसकेको अबस्था छ भने कति मलेसिया, साउदी, कुबेत लगायतका देशहरुमा बर्षौ देखि जेलमा कष्टकर जिबन बिताइरहेका छन । कति अलपत्र छन् कति बेपत्ता छन् ति सबै अरु कोहि नभएर तपाँइकै छोरा, दाइभाइ, भतिज, अर्थात आफन्त हुन । जसको फलस्वरुप तपाँइ आमाबाहरुको, अर्थात घरपरिवारको जीवनलाइ प्रत्येक चाडपर्बहरु आँसुमय बनाइदिन्छ । अब हामि हाम्रा आमाहरुको रुन्चेमुखमा हाँसो ल्याउनका लागि स्वदेशमुखि सपना सजाउन जरुरी छ । जस्को लागि राजनैतिक कुर्ची लडाइबाट फुटेका युवाहरु बिश्वब्यापि रुपमा एकिकृत भएर योजना बिस्तार गर्नमा लाग्नुपर्छ ता कि भाबि पुस्ताहरु जन्मभूमिबाट रोजिरोटिका लागि बिदेशीको गुलाम बन्नबाट जोगाउन स्थानिय स्तरका सम्भाबनाहरुको खोजि तथा अनुसन्धान गरि उचित ब्यबस्थापन गर्न गराउन युबा सहभागिता बढाउने उदेश्यले गत २५ कार्तिक २०७२ बाट जुँगु एकिकृत युबा समाज गठन गरिएको हो ।
आर्थिक परनिर्भरता, पराधिनता र बौद्धिक ह्रास आजका लागि जति चुनौतिपूर्ण छ भविश्यका लागि त्यो भन्दा बढी भयानक रहेको छ । मुलुक बनाउने र भविश्य बोक्ने यस वर्गलाई नत राज्यका तर्फबाट आश्वस्त र संरक्षण गर्ने कार्य भएको छ नत हाम्रो समाजले देशभित्रै पसिना बगाउन सक्ने सम्मान दिन सकेको छ । आखिर देश निर्माण गर्न उर्जा, उत्साह र सिर्जनाले भरिएका मानवीय शक्ति नै चाहिन्छ । त्यसको अभावमा अहिले हामीले हाम्रो देशमा रहेका प्राकृतिक तथा साँस्कृतिक क्षमता र अवसरलाई उपयोग गर्न सकिराखेका छैनौं । त्यसैले अब देश निर्माणको चिन्ता गर्ने हो भने युवाको क्षमता र उर्जालाई प्रचुर उपयोग गर्ने मुद्दालाई मुल राष्ट्रिय एजेण्डाका रुपमा स्वीकार गर्नै पर्दछ ।
युवा पलायनका पछि हाम्रो देशको अस्थिर र निराशाजनक राजनीतिक अवस्थाले निम्त्याएका विवशता जत्तिकै हामीले युवालाई समाज विकासको प्रक्रियामा हेर्ने दृष्टिकोण पनि जिम्मेवार रहेको देखिन्छ । अहिलेको युवा पुस्ताले परम्परागत श्रम र दृष्टिकोणलाई कदापी स्वीकार गर्न सक्दैनन् । मानवीय गतिशीलता र परिवर्तित विश्व समुदायले पनि यसलाई अंगीकार गर्दैन । परिवर्तनको भावना र गतिलाई स्वीकार नगरी कोरा परम्परा धान्नकै लागि ति लाखौं युवालाई हामी बाध्य पार्न पनि सक्दैनौं । यो उपयुक्त पनि होइन् । यसको पहिलो शिकार हाम्रो कृषिमा आधारित जीविकोपार्जन, अर्थतन्त्र र उन्नती भएको छ ।
गाँउघरमा युवापुस्ताको खडेरी लागेको छ । केटाकेटी र पाका उमेर समूहको मात्रै उपस्थिति गाँउ गाँउमा देखिन थालेका छन् । धेरै युवाहरू वैदेशिक रोजगारीका लागि गाँउबाट बाहिरीएका छन । यहि कारण खेतीयोग्य जमिनहरूको उचित उपयोग हुन सकेको छैन । बरु भएको जमीन बाझै राखेर वैदेशिक रोजगारीबाट कमाएको पैसाले गाँस बास र कपास जस्ता आधारभुत आवश्यकताका क्षेत्रमा खर्चको प्रवृत्ति शुरु भएको छ ।
एकातिर आफ्नो गाँउठाँउका उर्बर जमीन र स्रोतहरू अनुत्पादक भएर रहेका छन भने परदेशमा बगाएको पसिनाबाट आर्जित आम्दानीबाट अरुकै भरमा चलाउनु पर्ने जीविकोपार्जनले हाम्रो देशलाई दोहोरो नोक्सानी पु¥याइरहेको छ । आफुसँग भएको पनि गुमाउदै छौ अनि परदेशमा बगाएको पसिनाको कमाइ पनि उही अनुत्पादक उपभोगमा खर्चिदै छौ । भविश्यको आर्थिक सामाजिक परिदृश्यमा कालो बादलको सङ्केत आजै देखिसकेको छ ।
यस्तो समस्या र चुनौति एकाएक अहिले आएको होइन । हाम्रो देशको समग्र आर्थिक नीति, स्रोत परिचालन नीति, र युवा केन्द्रित रणनीतिको कमी, राजनीतिक अल्पदृष्टि र साँघुरो सामाजिक दृष्टिकोणले निम्त्याएको परम्परागत परिणति हो । सामन्तबादी सोच र दृष्टिकोणबाट अभिप्रेरित परम्परागत नेपाली समाजले श्रमलाई पहिचान र सम्मानको साटो निरुत्साहित गरेकाले युवाहरूमा कृषि श्रमप्रतिको विकर्षण बढेको स्पष्टै छ । त्यसैले सुन फल्ने पाखापखेरा र उर्बर खेतबारीलाई बाँझै छाडेर विदेशका मरुभूमिमा कमल फूलाउन बाध्य छौं हामी नेपाली युवा ।
रोजीरोटीको जोहो गर्न नेपाली युवाहरू विवश भएका छन । यहि अवस्था रहने हो भने भविश्यमा यो क्रम अझै अकाशिने देखिन्छ ।
राष्ट्रिय विकासको मुलधारमा युवाहरूको सहभागिताको सुनिश्चितता गर्दै वैदेशिक पलायनको क्रमलाई रोक्न वा न्यूनिकरण गर्न सबैभन्दा पहिला परम्परागत दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यकता रहेको छ । श्रमलाई सम्मान गर्ने धारणाको विकास गर्नु पर्दछ । ब्यक्तिगत विकासका सिर्जनशील र आधुनिक शैलीहरू अपनाएर श्रमको परम्परागत धारणालाई परिवर्तन गर्न सकिन्छ । एउटा प्रेरक प्रसङ्ग छ– हरेक सफल मानिसहरू अरु भन्दा फरक काम गर्दैनन् बरु उनिहरू उही काम पनि अरु भन्दा फरक तरिकाले गर्दछन ।
हामीले पनि त्यहि फरक शैली वा तरिकालाई अबलम्बन गरेर युवाजगतलाई कृषिमा आधारित श्रमलाई सम्मान गर्न सकिन्छ । त्यसका लागि खेतीपातीको नयाँ तरिका, प्रविधि र शैलीलाई अपनाउन सकिन्छ । नवीन तथा सिर्जनात्मक सोचको विकास गर्न सके कृषिमा आधारित उद्यमशीलताको थालनी गर्न सकिन्छ । खासगरी युवाहरूलाई ब्यवसायिक सोच र दृष्टिकोणबाट सचेत र अभिप्रेरित गरेर उद्यमशीलता विकास गर्न सकिन्छ । श्रमलाई सामाजिक प्रतिष्ठा, सामाजिक दायित्व र आत्मसम्मानको बारेमा युवालाई अभिप्रेरित गरौं ।
लेखक :खप्तडी बस्नेत समाज मलेसियाका संयोजक तथा जुँगु एकीकृत युवा समाज मलेसियाका अध्यक्ष हुन ।
वि.सं.२०७३ कात्तिक ७ आइतवार १२:०१ मा प्रकाशित