Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली संघीय समाज अमेरिकाद्धारा भव्य कार्यक्रमको आयोजना



sanghiya-samaj-usa

नेपाली संघीय समाज अमेरिकाले नेपालीहरुको महान चाड दशैं, तिहार, महः पुजा, उभौली, चासोक, छठ, नेपाल सम्बत तथा ल्होसारको अवसरमा अमेरिकाको न्यूयोर्क स्टेटमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष समिर महर्जनको अध्यक्षतामा  सम्पन्न गरिएको कार्यक्रममा महर्जनले सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुलाई स्वागत गर्दै नेपाली जनताले मान्ने र सबै जातजातीका चाड पर्वलाई समान रुपमा राख्ने र हेर्नुपर्ने भन्दै उपस्थित सबैलाई संस्थाको तर्फबाट स्वागत गर्दै शुभकामना दिनुभयो ।

sanghiya2

कार्यक्रमका प्रमुख अतिथिमा नेपाली महाबाणिज्यदूतावासका प्रतिनिधि कृष्ण सुवेदीज्यू हुनुहुन्थ्यो भने विशेष अतिथिमा कानूनविद् दुर्गा सुब्बा, पूर्व डिआईजी पार्वती थापामगर, पत्रकार तथा संघीय समाज अमेरिकाका सल्लाहकार यम कुमार सुनुवार हुनुहुन्थ्यो ।

विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको  उक्त कार्यक्रममा संस्थाका सदस्य प्रेम कुरुङ्गवाङ्ग लिम्वु साथै संस्थाका भाईस प्रेसिडेन्ट विनोद पोमोले अतिथि पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो । साथै संस्थाका भाईस प्रेसिडेन्ड छिरिङ्ग शेर्पाले अतिथि पाहुनाहरुलाई खादा ओढाएर सम्मान गर्नुभयो ।

संस्थाका सचिव लोक चेमजोङ्गको संचालन रहेको कार्यक्रममा प्रमुख अतिथि कृष्ण सुवेदीले नेपाली नागरीक सबैले मान्ने चाडलाई समेटेर कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै सबैलाई शुभकामना दिनुभयो ।

त्यस्तै विशेष अतिथि एवं संस्थाका सल्लाहकार दुर्गा सुब्बाले नेपालमा नयाँ बनेको संविधानलाई सबै नेपालीको हक हितको निम्ती सुधार र संशोधन गरेर सबैलाई समेटेर एक भई देशको विकासमा एकजुट भएर अगाडि बढ्न भन्नुभयो । साथै संस्थाका विशेष सल्लाहकार एवं अतिथि पूर्व डिआईजी पार्वती थापामगरले योजना अनुसार नेपालका नेताले काम गरे एक दशकमा नेपाल सिंगापुरको तुलनामा पुग्न सक्ने बताउनुभयो ।

sanghiya3

अर्का वक्ता नेपाल जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुङ्गानाले नेपाली हामी संसारको जुन ठाउँमा भएपनि नेपाली संस्कृति र परम्परालाई निरन्तरता र सम्वर्धन गर्नुपर्नेमा जोडि दिनुभएको थियो भने प्रवासी नेपाली मञ्चका केन्द्रीय अध्यक्ष सञ्जय थापाले नेपालको संविधान नेपाली जनताको आवश्यकतानुसार समयले संशोधन गर्दै लैजाने र जानुपर्ने विगतको धेरै उदाहरणहरु हामीबीच रहेको  बताउनु भयो ।

त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय महासचिव मुनिन्द्र नेम्वाङ्गले हामी नेपाली संसारको जुन ठाउँमा भएपनि नेपाल र नेपालीको हितमा काम गर्नको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । सिन्धु वेलफेयर युएसएका का प्रेसिडेन्ट वंशलाल तामाङ्गले नेपालमा प्रजातन्त्र आउनुमा पूर्व प्रमुख नेताहरुले दिएको योगदान जनताले भुल्न नहुने बताउनुभयो ।

sanghiya4

यसैगरी मुस्ताङ्ग कितुकका कार्यवाहक सभापति राजकुमार बिष्टले नेपालमा गएको भूकम्प पिडितको लागि एक करोड सहयोग गरेकोमा हामीलाई बधाई दिनुको सट्टा साथै देशमा भएको समस्याको समाधानको लागि सबैले सहयोग गर्ने वातावरण तयार गर्न अनुरोध गर्नुभयो ।

संघीय समाजका पूर्व सभापति भरत लामाले संघीय समाज पार्टी एक जातीको हितमा नभएर नेपाल र नेपाली जनताको हितमा रहेको बताउनु भएको थियो भने जनजाती महासंघ अमेरिकाका  अध्यक्ष लुइसाङ वाइवाले सबै जात जातीको धर्म संस्कार संस्कृति र चाडवाडलाई राज्यले समान रुपले हेर्नुपर्ने बताउनुभयो ।

 यसैगरी एनआरएनए अमेरिकाका प्रतिनिधि सत्येन्द्र शाहले सम्पूर्ण नेपालीले मान्ने चाडलाई सम्झेर एउटै समयमा शुभकामना आदान प्रदान गरेकोमा बधाई दिनुभयो । शेर्पा किदुंकका प्रेसिडेन्ट दावा जाङ्बु शेर्पाले संस्थामा बसेर राजनीति गर्नुभन्दा संस्था र समाजको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै  एसोसियन अफ नेपाली तराइ इन अमेरिका  (एन्टा) का  केन्द्रीय अध्यक्ष सुनिल शाहले शुभकामना सन्देश पठाउनुभएको थियो भने  विभिन्न संस्थाका प्रतिनिधि अध्यक्षज्यूहरु (जस्तै किराँत याङ्कथुङ्गका महासचिव शुभद्रा लावती, मगर संघ अमेरिकाका  केन्द्रीय महासचिव मान रानामगर, एन्टा न्युर्योकका   का प्रतिनिधि रामविनोद शाह, जनजाती महिला महासंघका सभापति संगिनी रानामगर, तामाङ्ग सोसाईटी अफ अमेरिकाका प्रेसिडेन्ट शान्ता ठोकर,  NUPRI Association का सभापति लाक्पा लाम, युनाईटेड किराँत राई अर्गनाईजेशन अफ अमेरिकाका केन्द्रीय उपसभापति मुना राई,  नेवार गुठी न्युयोर्कका उपसभापति निर्मल प्रधानले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

उक्त कार्यक्रममा कलाकारहरु गायक राजेन्द्र राई¸ अभय ढुङ्गेल¸ सुवर्ण शाक्य तथा जीत गुरुङ्गको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक संघीय समाज अमेरिकाका केन्द्रीय सदस्य केशवराम राईले गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा