back

२४ वर्षदेखि ढुङ्गा कुटेर जीविकोपार्जन

वि.सं.२०७३ कात्तिक ८ सोमवार

903 

shares

८ कात्तिक,लिबाङ (रोल्पा)। गजुल–३ रोल्पाका आइतराम सुनारले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै आउनुभएको छ । उमेरले ५७ वर्ष पार गरिसकेका सुनार प्रायः घरदेखि करिब दुई घन्टा टाढा खुमेलगाढ खोलाको किनारमा घर छाउने ढुङ्गा कुट्दै गरेको भेटिनुुहुन्छ ।

यसरी ढुङ्गा कुटेर उहाँकोे आठजनाको परिवारले जीविका चलाउँदै आएको छ । औषधि उपचार गर्ने पैसा नहुँदा सानैमा दुई छोरी गुमाउनुभएका सुनारका दुई छोरा गरिबीका कारण पढाइ छोडेर भारतमा जागिरका लागि भौँतारिइरहेका छन् भने कक्षा ७ मा अनुत्तीर्ण भएका उहाँका १५ वर्षीय एक छोरा उहाँसँगै काम गर्नुहुन्छ । ते¥ह वर्षको कलिलो उमेरमा टुहुरो बनेका सुनार बुबाको मृत्युपछि भारतमा पैसा कमाउन भनेर १० वर्षसम्म भौँतारिनुभयो । तर पनि पढाइ–लेखाइ नभएका कारण उहाँले भारतमा राम्रो जागिर पाउन सक्नुभएन । ढुङ्गा नै कुट्नुपर्छ भने किन परदेशमा बस्ने भन्ने सोची स्वदेश फर्किएर उहाँले यो पेसा रोजेकोे बताउनुभयो ।

ढुङ्गा कुटेर कमाएको सानो रकम पनि ठेकेदारले ठगेको स्मरण गर्र्दै उहाँ सानो जग्गा किन्दा लागेको ऋण तिर्न नसकेका कारण छोराहरुलाई बीचमै पढाइ छाड्न लगाएकामा सबैभन्दा ठूलो पछुतो गर्नुहुन्छ । चाडपर्वका बेला वा अत्यावश्यक काम पर्दाबाहेक वर्षैभरि खोलामै बिताउने गर्नुभएका सुनारले हातखुट्टामा घाउचोटका दाग देखाउँदै भन्नुभयो, “यो काम असाध्यै जोखिमपूर्ण छ तर के गर्नु बाध्यता छ ।”

वर्षापछिको समयमा अलि धेरै ढुङ्गा भेटिने भए पनि त्यत्तिकै बढी कष्टपूर्ण हुने उहाँको अनुभव छ । पछिल्लो समयमा मानिसको यसतर्फ आकर्षण बढ्दै जानुले पनि खोला किनारमा ढुङ्गाको अभाव बढ्दै गएको उहाँको भनाइ छ । आयआर्जनको अन्य बाटो नभएको हुँदा कष्ट मोलेर भए पनि उहाँ बाचुन्जेल यही कामलाई निरन्तरता दिने सोचमा हुनुहुन्छ । अभावमा छट्पटिएर बाल्यकाल गुजार्नुभएका सुनारले सबैभन्दा ठूलो कुरा पढाइ–लेखाइ नै हो भन्ने ठानी हाल घरमै छोराछोरीसँगै पढेर आफ्नो नामसम्म लेख्न सक्ने भएको बताउनुभयो ।

कहिले घाम कहिले पानीमै रुझेर काम गर्नुपर्दा समय समयमा बिरामी भइरहने हुँदा उहाँलाई अबको बाँकी भविष्यको समेत चिन्ता लाग्ने गरेको छ । जोखिम मोलेर यस पेसामा कटिबद्ध हुनुभएका सुनारको सरकारले वास्तविक दुःखी र गरिबलाई पहिचान नगर्ने तर चलाख मान्छेलाई मात्र हेर्ने गरेको आरोप छ ।

ढुङ्गा कुट्ने पेसालाई व्यावसायिक रुपमा अँगाल्नेको सङ्ख्या कम भए पनि वर्षापछिको समयमा खुमेलगाड खोलाको बगरैभरि ढुङ्गा निकाल्ने मान्छेको भीड देख्न सकिन्छ । पुर्खौंदेखि घर छाउन प्रयोग गरिँदै आएको यस प्रकारको ढुङ्गा जहाँतहीँ पाइँदैन । समयसँगै बजारमा घर छाउन सस्तो तथा सरल विभिन्न सामग्री उपलब्ध भए पनि यसको माग र भाउ दिनानुदिन बढ्दै गइरहेको छ ।

यस किसिमको पेसाको निम्ति अत्यधिक बल र बुद्धि आवश्यक हुने भएकाले बिरामी तथा वृद्ध अवस्थाका मानिसलाई यो काम गर्न कठिन हुने गर्दछ । त्यसैले त्यस्ता व्यक्तिलाई सरोकारवाला निकायले ध्यान दिएर अन्य कुनै उमेर सुहाउँदो सरल र सहज व्यवसायको व्यवस्था गरिदिन आवश्यक देखिन्छ । परिश्रमको लेखाजोखा गर्दा कुनै पनि काम सरल नहुने भए पनि युवा अवस्थाभन्दा बुढेसकालमा यस किसिमको पेसा अँगाल्नुपर्ने बाध्यता साँच्चै पीडादायी हुने उहाँहरुको अनुभव छ । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:४२ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...