back

सद्भावनाले भन्यो–‘महाअभियोग मधेस विषय ओझेलमा पार्ने षडयन्त्र’

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

699 

shares
GLOBAL IME AD
NTC AD

९ कात्तिक, काठमाडौँ । नेपाल सद्भावना पार्टीले व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव मधेस विषयलाई ओझेलमा पार्ने षडयन्त्र भएको आरोप लगाएको छ ।

पार्टीको सङ्घीय कार्यसमितिको बैठकले मधेसी मोर्चाद्वारा मधेस आन्दोलनको सम्बोधनका निम्ति प्रस्ताव गरिएको संविधान संशोधनका विषयमा सरकार उदासीन रही महाअभियोगको विषयमा अलमलिएको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष अनिलकुमार झाद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित गर्दै बैठकले मोर्चाद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता लिन मोर्चाभित्र दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी महासचिवको सङ्गठनसम्बन्धी आगामी कार्ययोजना एवम् पार्टीको छैटौँ महाधिवेशनपछि हालसम्म सङ्घीय कार्यसमितिद्वारा सम्पादित कार्यलाई समेत अनुमोदन गर्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न जिल्लामा देखिएका कृषि, प्रशासन, विद्युत्, कर, भन्सार, वन, शिक्षा लगायत क्षेत्रका समस्यालाई उठाउँदै सरकारी पक्षसँग समन्वय गरी समाधान गर्न दबाब समेत दिने निर्णय गरेको पार्टीका प्रवक्ता डा डिम्पलकुमारी झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०३:२७ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय...

कारको ठक्करबाट घाइते बालकको मृत्यु

कारको ठक्करबाट घाइते बालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका...