back
CTIZAN AD

सद्भावनाले भन्यो–‘महाअभियोग मधेस विषय ओझेलमा पार्ने षडयन्त्र’

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1.2K 

shares

९ कात्तिक, काठमाडौँ । नेपाल सद्भावना पार्टीले व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव मधेस विषयलाई ओझेलमा पार्ने षडयन्त्र भएको आरोप लगाएको छ ।

पार्टीको सङ्घीय कार्यसमितिको बैठकले मधेसी मोर्चाद्वारा मधेस आन्दोलनको सम्बोधनका निम्ति प्रस्ताव गरिएको संविधान संशोधनका विषयमा सरकार उदासीन रही महाअभियोगको विषयमा अलमलिएको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष अनिलकुमार झाद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित गर्दै बैठकले मोर्चाद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता लिन मोर्चाभित्र दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी महासचिवको सङ्गठनसम्बन्धी आगामी कार्ययोजना एवम् पार्टीको छैटौँ महाधिवेशनपछि हालसम्म सङ्घीय कार्यसमितिद्वारा सम्पादित कार्यलाई समेत अनुमोदन गर्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न जिल्लामा देखिएका कृषि, प्रशासन, विद्युत्, कर, भन्सार, वन, शिक्षा लगायत क्षेत्रका समस्यालाई उठाउँदै सरकारी पक्षसँग समन्वय गरी समाधान गर्न दबाब समेत दिने निर्णय गरेको पार्टीका प्रवक्ता डा डिम्पलकुमारी झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०३:२७ मा प्रकाशित

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...