back
CTIZAN AD

गोरखा समाज अस्ट्रेलियाद्धारा आश्रमलाई १२ लाख सहयोग

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1.1K 

shares

gorkha-australia-samaj-sahayogअष्ट्रेलिया । गोरखा समाज अस्ट्रेलियाले मानव सेवा आश्रमलाई रू १२ लाख सहयोग गरेको छ । समाजले गत जुलाई २३ र २४ गते सिडनीको क्रोडनमा सञ्चालन गरेको  श्रीमद्भागवत महापुराणमा संकलित उक्त रकम आश्रमलाई प्रदान गरिएको हो । उक्त रकम गोरखामा मानव सेवा आश्रमको सेवा बिस्तारका लागि प्रयोग गरिने मानव सेवा आश्रमले जनाएको छ ।
ुसड़क मानबमुक्त नेपालुको अभिस्ट राखेर हेटौडा, चितवन, काठमाण्डौ, बिरगंज लगायतका बिभिन्न शहरहरूमा परोपकारी सँस्था सञ्चालन गर्दै आएको मानब सेवा आश्रमले गोरखा समाज अस्ट्रेलियाबाट प्राप्त हुने उक्त रकम गोरखा, तनहु, धादिंग लगायतका जिल्लाहरूमा कस्टकर जीवन जिउन बाध्य भएका सेवापेक्षीहरुको सेवा बिस्तारका लागि नयाँ शाखा स्थापनार्थ उपयोग गर्ने जनाएको छ ।
३० जना क्षमताको सेवागृह स्थापनाका लागि रू २४ लाख लाग्ने प्रारंभिक अनुमान गरिएकोमा अपुग रकम सहयोगका लागि सम्पूर्ण सहयोगी मन तथा संघ संस्थाहरूलाई हार्दिक अनुरोध गरिन्छ । मानब सेवा आश्रमको यस पवित्र कार्यमा सहयोग गर्न चाहनुहुने ब्यक्ति तथा संघ संस्थाले मानवसेवा आश्रमलाई सोझै वा गोरखा समाज अस्ट्रेलिया मार्फत सहयोग गर्न सक्नुहुनेछ ।

australia
श्रीमद्भागवत महापुराणमा भक्तालुजनबाट सप्रेम प्रदान गरिएको दान तथा ब्यबसायिक प्रायोजनहरूबाट हालसम्म प्राप्त भएको अस्ट्रेलियन डलर ३८,४६५ मध्य ब्यबस्थापकीय खर्च कटाएर १५,२१२ डलर बाँकी हुन आएको थियो । समाजको पूर्व प्रतिबद्दता बमोजिम १० प्रतिसत रकम अस्ट्रेलियमा बिद्यार्थी कल्याणकारी कोषमा छुट्याएर बाँकि रकम मानव सेवा आश्रमलाई प्रदान गरिएको हो ।
गोरखा समाज अस्ट्रेलियाको यस कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजकहरू, दाताहरु, अहोरात्र खटी श्रमदान गर्ने स्वयंसेबक साथीहरू, सल्लाह सुझाब दिनुहुने आदरणिय अग्रज ब्यक्तित्वहरु, बिभिन्न सञ्चार माध्यम र सञ्चारकर्मी साथीहरू, प्रमुख वाचक वाचन प्रवीण दीनबन्धु पोखरेल, वाचनमा सहयोग पूर्याउनुहुने वाध्यबादक समूहका साथीहरू र सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा गोरखा समाज अष्ट्रेलियाका सल्लाहकार रामकुमार श्रेष्ठले हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोग, सल्लाह र सुझाबका  अपेक्षा व्यक्त गरेका छन् ।australia1

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०२:४० मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...