back
CTIZAN AD

लन्डनमा म्हपुजा र सांस्कृतिक कार्यक्रमको अन्तिम तयारी

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1.6K 

shares

mahapuja

पासा पुचः गुठी साउथ इस्ट लन्डनले ३१ अक्टोबरका दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित नेपाल सम्वत ११३७ र म्हपुजा कार्यक्रम आयोजना गर्ने भएको छ ।
लन्डनमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, स्थानीय काउन्सील तथा नेपाली एम्बेसी यूकेका प्रतिनिधिहरुको सहभागीता रहने उक्त कार्यक्रममा झण्डै ४ सयको उपस्थिति रहने आयोजकद्धारा जानकारी दिइएको छ ।
उक्त कार्यक्रमका संयोजक सचिन श्रेष्ठ, सांस्कृति कार्यक्रमको संयोजकमा बिनोद चिपालु र अशोक अवाल रहेका छन् । ५ बजे देखि १० बजेसम्म गरिने उक्त कार्यक्रममा १ सय सामुहिक म्हपुजा गरिने संस्थाका अध्यक्ष सुशील प्रजापतिले जानकारी दिएका छन् ।
कार्यक्रममा म्हपुजाका साथै झाकी प्रदर्शन, पालुकिसी, कुमारी यात्रा, मन्जुश्री नाच, पन्चकन्या, धिमेबाजा सहितको रथजात्रा, भैरव गुन, लाखे नाच, भैरव नाच, ख्याक नाच रहेका छन् । जसमा भैरव नाचमा अशोक अवाल, सत्य प्रसाद प्रजापति, आशिष श्रेष्ठ, आयुष श्रेष्ठ, इरभिन श्रेष्ठ, मन्देश श्रेष्ठ, लाखेनाचमा विनोद चिपालु , मन्जुश्री नाच बिमला मर्हजन, ज्यापु प्याखन नाच बिमला मर्हजन, विन्दु हाडा सहितको ग्रुपमा सलोनी रन्जितकार, विभिया श्रेष्ठ, अरिशा श्रेष्ठ, नेवारी गीत सत्य प्रसाद प्रजापति तथा अन्तिममा डिजेलालसँग खुला डान्स समेत रहेको छ ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार १२:५३ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...