back

लन्डनमा म्हपुजा र सांस्कृतिक कार्यक्रमको अन्तिम तयारी

वि.सं.२०७३ कात्तिक ८ सोमवार

951 

shares
IME Limited
NTC AD

mahapuja

पासा पुचः गुठी साउथ इस्ट लन्डनले ३१ अक्टोबरका दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित नेपाल सम्वत ११३७ र म्हपुजा कार्यक्रम आयोजना गर्ने भएको छ ।
लन्डनमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, स्थानीय काउन्सील तथा नेपाली एम्बेसी यूकेका प्रतिनिधिहरुको सहभागीता रहने उक्त कार्यक्रममा झण्डै ४ सयको उपस्थिति रहने आयोजकद्धारा जानकारी दिइएको छ ।
उक्त कार्यक्रमका संयोजक सचिन श्रेष्ठ, सांस्कृति कार्यक्रमको संयोजकमा बिनोद चिपालु र अशोक अवाल रहेका छन् । ५ बजे देखि १० बजेसम्म गरिने उक्त कार्यक्रममा १ सय सामुहिक म्हपुजा गरिने संस्थाका अध्यक्ष सुशील प्रजापतिले जानकारी दिएका छन् ।
कार्यक्रममा म्हपुजाका साथै झाकी प्रदर्शन, पालुकिसी, कुमारी यात्रा, मन्जुश्री नाच, पन्चकन्या, धिमेबाजा सहितको रथजात्रा, भैरव गुन, लाखे नाच, भैरव नाच, ख्याक नाच रहेका छन् । जसमा भैरव नाचमा अशोक अवाल, सत्य प्रसाद प्रजापति, आशिष श्रेष्ठ, आयुष श्रेष्ठ, इरभिन श्रेष्ठ, मन्देश श्रेष्ठ, लाखेनाचमा विनोद चिपालु , मन्जुश्री नाच बिमला मर्हजन, ज्यापु प्याखन नाच बिमला मर्हजन, विन्दु हाडा सहितको ग्रुपमा सलोनी रन्जितकार, विभिया श्रेष्ठ, अरिशा श्रेष्ठ, नेवारी गीत सत्य प्रसाद प्रजापति तथा अन्तिममा डिजेलालसँग खुला डान्स समेत रहेको छ ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार १२:५३ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...