८ कार्तिक, काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।
आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले उक्त निर्देशन दिएका हुन् । अध्यक्ष प्रचण्डले महाअभियोग प्रस्ताव पारित गर्न कांग्रेससँग पनि छलफल गर्ने पनि बैठकमा जानकारी गराएका थिए ।
वि.सं.२०७३ कात्तिक ८ सोमवार १२:२९ मा प्रकाशित