Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

१० वर्षे बालकले निर्माण गरेको ‘धर्तीपुत्र’ प्रदर्शन



भक्तपुर । कक्षा १० मा अध्ययन गर्दै गरेका १५ वर्षीय आदित्य खड्काले निर्माण गरेको छोटो चलचित्र ‘धर्तीपुत्र” सोमबार यहाँ प्रदर्शन गरिएको छ ।

छोटो उमेरमै सफल चलचित्र निर्माताको परिचय बनाउन सफल खड्काले गत वर्षको भूकम्पमा २२ घन्टा पुरिएर जीवितै उद्धार गरिएका भक्तपुरका चारमहिने बालक सोनिस अवालको कथालाई समेटेर पाँच मिनेटमा समेटेर चलचित्र निर्माण गरेका हुन् ।

क्रियाशील पत्रकार मञ्च भक्तपुरले आयोजना गरेको कार्यक्रममा पाँच मिनेटको उक्त चलचित्र प्रदर्शनपछि खड्काल अवाललाई अध्ययन गर्न सहयोग पु¥याउने उद्देश्यले रु १० हजार उनकी आमालाई हस्तान्तरण गर्नुभयो ।

‘धर्तीपुत्र’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छानिनाका साथै दुई अन्तर्राष्ट्रिय सम्मान समेत जितेको छ । अमेरिकाको सिकागोमा यही कात्तिक १२ देखि २१ गतेसम्म हुने सिकागो इन्टरनेसनल चिल्ड्रेन फिल्म फेस्टिवलमा छनोट भई प्रदर्शन गर्न खड्का मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

गत असोज १३ देखि १७ गतेसम्म नाइजेरियाको नर्डिक कन्फरेन्समा आयोजना भएको ‘नाइजेरिया रियल टाइम फिल्म फेस्टिवल’मा सहभागी चलचित्रमध्ये ‘धर्तीपुत्र’ले उत्कृष्ट वृत्तचित्रको सम्मान हात पारेको थियो । खड्काले यसअघि किशोरहरुको फुटबल प्रेमको कथालाई समेटेर ‘अ ड्रिम टु बी’ र कमैया छात्राको शिक्षाको चाहनालाई समेटेर ‘डस्ट टु डाउन’ गरी तीन छोटा चलचित्र निर्माण गरेर प्रदर्शन गरिसक्नुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ