back
CTIZAN AD

१० वर्षे बालकले निर्माण गरेको ‘धर्तीपुत्र’ प्रदर्शन

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1.9K 

shares

भक्तपुर । कक्षा १० मा अध्ययन गर्दै गरेका १५ वर्षीय आदित्य खड्काले निर्माण गरेको छोटो चलचित्र ‘धर्तीपुत्र” सोमबार यहाँ प्रदर्शन गरिएको छ ।

छोटो उमेरमै सफल चलचित्र निर्माताको परिचय बनाउन सफल खड्काले गत वर्षको भूकम्पमा २२ घन्टा पुरिएर जीवितै उद्धार गरिएका भक्तपुरका चारमहिने बालक सोनिस अवालको कथालाई समेटेर पाँच मिनेटमा समेटेर चलचित्र निर्माण गरेका हुन् ।

क्रियाशील पत्रकार मञ्च भक्तपुरले आयोजना गरेको कार्यक्रममा पाँच मिनेटको उक्त चलचित्र प्रदर्शनपछि खड्काल अवाललाई अध्ययन गर्न सहयोग पु¥याउने उद्देश्यले रु १० हजार उनकी आमालाई हस्तान्तरण गर्नुभयो ।

‘धर्तीपुत्र’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छानिनाका साथै दुई अन्तर्राष्ट्रिय सम्मान समेत जितेको छ । अमेरिकाको सिकागोमा यही कात्तिक १२ देखि २१ गतेसम्म हुने सिकागो इन्टरनेसनल चिल्ड्रेन फिल्म फेस्टिवलमा छनोट भई प्रदर्शन गर्न खड्का मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

गत असोज १३ देखि १७ गतेसम्म नाइजेरियाको नर्डिक कन्फरेन्समा आयोजना भएको ‘नाइजेरिया रियल टाइम फिल्म फेस्टिवल’मा सहभागी चलचित्रमध्ये ‘धर्तीपुत्र’ले उत्कृष्ट वृत्तचित्रको सम्मान हात पारेको थियो । खड्काले यसअघि किशोरहरुको फुटबल प्रेमको कथालाई समेटेर ‘अ ड्रिम टु बी’ र कमैया छात्राको शिक्षाको चाहनालाई समेटेर ‘डस्ट टु डाउन’ गरी तीन छोटा चलचित्र निर्माण गरेर प्रदर्शन गरिसक्नुभएको छ ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०३:३१ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...