back
CTIZAN AD

भाषाभाषी चलचित्रमा योगदान दिनेलाई बेलायतमा सम्मान

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

951 

shares

९ कात्तिक, काठमाडौँ । नेपाल चलचित्र विकास बोर्ड मातृभाषी समितिले नेपाली कलाकर्मीलाई बेलायतमा सम्मान गरेको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ, जनजाति महिला महासङ्घ र जनजाति पत्रकार महासङ्घ बेलायतको सहआयोजना तथा १३ जातीय उत्थान संस्थाको सहयोगमा आयोजित आदिवासी जनजाति चलचित्र सम्मान तथा बजार प्रबद्र्धन समारोह (प्रवास विशेष) मा निर्देशक बलिराज जवेगु र मनीष श्रेष्ठ,कलाकार विमोचना लिम्बू, शशि थापा सुब्बा र अनिता राना मगर, निर्मात्री देवमाया पुन मगर र खेजी राई, नायिका सरु गुरुङ, तेन्नियाङ राना, सहनिर्माता दीपक श्रेष्ठ, निर्माता काजीमान याक्सो लगायतलाई विशेष सम्मान र सहयोगी १३ संस्थालाई आभारपत्र प्रदान गरिएको विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो ।

नेपाली राजदूतावास लन्डनका शरदराज आरनका प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्ड, मातृभाषी समितिका संयोजक युवराज मास्की मगरले सम्मान तथा आभारपत्र प्रदान गर्दै मातृभाषाका चलचित्र निर्माणमा बेलायतमा रहनुभएका कलाकार तथा कलाप्रेमीको योगदानलाई नेपाल सरकारले बिर्सन नसक्ने र भविष्यमा अझ धेरै योगदानको आशा गरिने बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०३:४२ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...