back
CTIZAN AD

इराकको किरकुकमा चौहत्तर आईएस लडाकूको मृत्यु : सेना

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

957 

shares

९ कात्तिक किरकुक (इराक)। उत्तरी इराकको किरकुक प्रान्तमा इस्लामिक स्टेट (आईएस) समूहका लडाकूको प्रान्तीय राजधानीमा आक्रमण गरेपछि गत शुक्रबार गरिएको कारबाहीमा ७४ जना आईएस लडाकूको मृत्यु भएको इराकी सुरक्षाकर्मीले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

सुरकारी सुरक्षाकर्मी र पेशमेर्गा लडाकूको संयुक्त प्रयासमा करिब १०० जना आईएस लडाकूद्वारा गरिएको आक्रमणलाई निस्तेज पारिएको थियो । सोही क्रममा केही सुरक्षाकर्मी सामान्य घाइते भएको बताइएको छ ।

सरकारी सेनाले उक्त आक्रमणको नेतृत्व गरेका केही सरकारी सेनाले आईएस नेता तथा लडाकूलाई सुरक्षा नियन्त्रणमा लिएको बताइएको छ ।

आईएस लडाकूले विस्फोटक भेस्ट लगाएर प्रहरी कार्यालय परिसरमा प्रवेश गरी आत्मघाती विस्फोट गराउन थालेपछि भएको प्रत्याक्रमणमा इराकी सुरक्षाकर्मीले उल्लेख्य सफलता पाएको थियो ।

आईएस विद्रोहीले प्रहरी कार्यालय आयास नामक कुर्दिस सुरक्षा दस्ता, केही सरकारी भवन तथा किरकुकमा अवस्थित मस्जिदमा एकैसाथ आक्रमण गरेपछि झडप सुरु भएको थियो ।

घटनास्थल इराकी राजधानी बग्दादबाट २५० किलोमिटर उत्तरमा अवस्थित रहेको छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०४:०५ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...