Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

कर्णाली क्षेत्रमा उपभोग्य सामग्री ढुवानी गर्न माग



९ कात्तिक,काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग भेटी कर्णालीमा स्थल यातायातको विस्तार र भौतिक पूर्वाधार जुटाउन ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षणमा कर्णाली भेगका जनताको कठिनाइलाई मध्यनजर गरी खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा अनुदान दिनुपर्ने, राष्ट्रिय राजमार्गलाई शान्ति क्षेत्र घोषित गरी व्यवधानरहित आवागमनमा नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्ने, राष्ट्रिय राजमार्गको किनारामा बस्ती बसाउनेलगायतका निर्माण कार्य रोक्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलका बस्ती तथा आवास नीति जारी गर्नुपर्नेजस्ता विषयमा जोड दिइएको थियो ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री लेखकले शान्ति समाजले अघि सारेका माग महत्वपूर्ण भएकाले तिनलाई लागू गर्न आफू प्रतिबद्ध भएको धारणा व्यक्त गर्नुभयो । उहाँले उत्तरदक्षिण क्षेत्रलाई जोड्ने गरी सडक सञ्जाल विस्तार गर्ने र समग्र कर्णालीका जिल्लालाई सडक यातायातले जोड्न प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागार्इं, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, विभागीय संयोजक रेनुका काउचा, तथा सदस्यहरु रामकृष्ण बराल र जगन्नाथ पुडासैनी हुनुहुन्थ्यो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ