back
CTIZAN AD

कर्णाली क्षेत्रमा उपभोग्य सामग्री ढुवानी गर्न माग

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

942 

shares

९ कात्तिक,काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग भेटी कर्णालीमा स्थल यातायातको विस्तार र भौतिक पूर्वाधार जुटाउन ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षणमा कर्णाली भेगका जनताको कठिनाइलाई मध्यनजर गरी खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा अनुदान दिनुपर्ने, राष्ट्रिय राजमार्गलाई शान्ति क्षेत्र घोषित गरी व्यवधानरहित आवागमनमा नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्ने, राष्ट्रिय राजमार्गको किनारामा बस्ती बसाउनेलगायतका निर्माण कार्य रोक्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलका बस्ती तथा आवास नीति जारी गर्नुपर्नेजस्ता विषयमा जोड दिइएको थियो ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री लेखकले शान्ति समाजले अघि सारेका माग महत्वपूर्ण भएकाले तिनलाई लागू गर्न आफू प्रतिबद्ध भएको धारणा व्यक्त गर्नुभयो । उहाँले उत्तरदक्षिण क्षेत्रलाई जोड्ने गरी सडक सञ्जाल विस्तार गर्ने र समग्र कर्णालीका जिल्लालाई सडक यातायातले जोड्न प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागार्इं, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, विभागीय संयोजक रेनुका काउचा, तथा सदस्यहरु रामकृष्ण बराल र जगन्नाथ पुडासैनी हुनुहुन्थ्यो । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०७:१८ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...