back
CTIZAN AD

विपक्षी सांसदहरूद्वारा सपथग्रहण बहिस्कार

वि.सं.२०७५ पुस २० शुक्रवार

564 

shares

२० पुस, ढाका ।  बङ्लादेशको विपक्षी पार्टी बङ्लादेश नेशनल पार्टीका सांसदहरूले बिहीबार सपथग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।

आफुहरूलाई नै निर्वाचित गराएको निर्वाचन नै स्वतन्त्र र निश्पक्ष नभएको भन्दै उनीहरूले सपथग्रहण नगरेका हुन् ।

गत साता भएको निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना अत्यधिक मतले विजयी भएपछि बिहीबार सवै सांसदहरूलाई सपथ ग्रहण गराउन लागिएको थियो ।

तर विपक्षी दलले भने निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचनलाई मान्यता नदिने र निर्वाचन सम्वन्धी कुनैपनि क्रियाकलापमा सहभागी नुहुने घोषणा गरेको छ ।

विपक्षीले बहिस्कार गरेपनि सत्तारुढ दल अवानी लिग र त्यसको गठबन्धनमा आवद्ध दलका सांसदहरूले भने बिहीबार सपथग्रहण गरेका छन् । प्रधानमन्त्री हसिना र अरु २९० जना सांसद सपथग्रहण समारोहमा सहभागी भएका थिए ।

बिहीबार नै हसिना पुनः पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । यो संगै उहाँ फेरी प्रधानमन्त्रीको नयाँ कार्यकालका लागि निर्वाचित हुने प्रक्रियामा पुग्नु भएको छ ।

विपक्षी दलका तर्फबाट निर्वाचित सात सांसदले बिहीबार सपथग्रहण बहिस्कार गरेका हुन् । उनीहरूले अहिलेको निर्वाचनमा धाँधली भएकाले पुनः निर्वाचन गराउन आफ्नो पार्टीको निर्णय अनुसार माग गरेका छन् ।

संसदका प्रवक्ता कमाल हुसेनले आउदो ९० दिन भित्रमा कुनै पनि सांसदले सपथग्रहण नगरेमा उनीहरू निर्वाचित नभएको निर्वाचनमा फेरी निर्वाचन हुने जानकारी दिनुभयो ।

हिंसात्मक घटनासँगै भएको निर्वाचनका क्रममा निर्वाचनका दिन मात्रै कम्तीमा १७ जना मारिएका थिए ।

आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुडाले भने पुनः निर्वाचन गराउन नपर्ने स्पष्ट पारेका छन् ।

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासको वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको थियो ।

आयोगका प्रवक्ता एस.एम.असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिए ।

निर्वाचनमा कुल मतदाता मध्ये ८० प्रतिशत मतदाता सहभागी भएको आयोगले जनाएको छ ।

वि.सं.२०७५ पुस २० शुक्रवार ११:४१ मा प्रकाशित

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

बेइजिङ । चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण...

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

नयाँदिल्ली । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको...