
२० पुस, बेइजिङ् । चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी आठ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिएका छन् ।
बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उहाँले चीनका सामाजिक संघसंस्थाहरू विभिन्न प्रकृतिका रहेको बताए ।
चीनमा सामुदायिक समूहहरू, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरू सामाजिक संस्थाका रूपमा क्रियाशिल रहेको उनको भनाई छ ।
देशमा अवैध रूपमा रहेका पाँच हजार ८४५ ओटा सामाजिक संस्थाहरूका बारेमा अनुसन्धान गरेर गत बर्ष बन्द गरिदिएको पनि मन्त्री शुसिआनले जानकारी दिए ।
चीनमा झण्डै १२ हजार स्वयमसेवी संस्थाहरू दर्ता भएका छन् । ती संस्थाहरूका झण्डै दश करोड स्वयमसेवकहरू दर्ता छन् ।
ती स्वयमसेवकहरूले एक अरब २० करोड घण्टा स्वयमसेवी काम गर्ने मन्त्री शुक्षीनले बताए ।
वि.सं.२०७५ पुस २० शुक्रवार ११:५५ मा प्रकाशित





























