
संसारकै सबैभन्दा चर्चित अश्लिल वेवसाइट ‘पोर्न हब’ का अनुसार भारत उसको सबैभन्दा ठूलो बजार हो ।
पोर्नहबमा भिडियो हेर्ने अमेरिका, ब्रिटेन पछि तेस्रो नँम्बरमा भारत परेको छ । यसमा सबैभन्दा बढी मानिसले पोर्नहब हेर्नका लागि मोबाइलको प्रयोग गर्ने गरेको पाइएको छ ।
विविसीका अनुसार भारतका धेरै युवा पुस्ताहरुलाई यौन सम्बन्धी जानकारी पोर्नबाट मिलेको छ ।
त्यस्तै यसले युवापुस्तालाई यौन सम्बन्धी जानकारी मिलेको भएपनि यसमा बच्चासँग सेक्स, जर्वजस्ती गर्लफ्रेन्ड या भीडियो तथा बलात्कारका भिडियो समेत अपलोड भएको हुनाले यसले धेरै उल्झन ल्याउन सक्ने बताइएको छ ।
पत्रकार, एक्टिभिस्टबाट ह्वाट्सप ग्रुपमार्फत पाइएको भिडियोमा १ दर्जन केटाहरुले १६ वर्षकी युवतीको कपडा च्यातिरहेको र एक युवकले भिडियो बनाइरहेको भिडियो प्राप्त भएपछि यसरी युवाहरुका बीच यस्ता भिडियो तथा पोर्न भिडियो पुग्दा उनीहरुमा के असर पर्छ भनेर विविसीले यसको अनुसन्धान गरेको बताएको छ ।
बिहारको जहानाबादमा बनाइएको उक्त भिडियो यतिधेरैका बीच पुग्यो कि प्रहरीले यस्तो काण्डमा संलग्न युवालाई पक्राउ ग¥यो ।
त्यतिधेरै युवाहरु पक्राउ परेपछि गाउँमा डर फैलियो । गाउँका ठूला तथा बुर्जुक व्यक्रिहरु इन्टरनेटमा आउन पनि डराए ।
त्यहिका सुजय प्रसाल किरानसँग पनि यो भिडियो पुग्यो । उनी त्यहाँ किराना पसल चलाएर बस्दथे ।
उनका अनुसार उक्त गाउँमा स्मार्ट फोन पुगेको २ वर्ष मात्र भएको र उनीहरुलाई स्मार्ट फोन कसरी चलाउने भन्ने समेत थाहा छैन् । ग्रामिण र सहरी भारतमा २० करोड भन्दा बढी मानिसहरु ह्वाट्सएपको प्रयोग गर्छन् । यसकारण भारत ह्वाट्सएपको संसारकै सबैभन्दा ठूलो बजार हो ।
इन्टरनेट र सोसियल मिडियामा क्रान्ति भन्दा पहिले मानिसहरु पोर्न भिडियोका लागि सानो पसलहरुमा निर्भर रहन्थे । अहिले तिनैमध्ये केहि पसलवालाहरुले आफ्ने विजनेस खत्तम भएको बताउँछन् । नजिकै रहेका एक युवकले पनि यसको चलन गएको बताए । युवकका अनुसार उनीहरु केटीहरुलाई छेडछाँड गरेको तथा बलात्कारको भिडियो प्राय हेर्ने गर्छन् ।
११ मा पढ्ने एक युवकले भने कि उनी यस्ता २५–३० भिडियो देखिसकेका छन् । सनथै यस्तो भिडियो अरु भिडियो जसरी नै आउँछन् अनि सबै साथीहरुबीच उक्त भिडियो सेयर हुन्छ ।
अर्का व्यक्तिले भने– क्लासमा धेरै युवाहरु यस्ता भिडियो सँगै बसेर हेर्छन् । कहिले काँही एक्लैमा पनि । राम्रो लाग्छ । सबै हेर्छन् ।’
जहानावादको भिडियो सयौं हजारौमा एक थियो । यसका कारण बिहारका सांसद रंजित रंजन पनि चिन्तित छन् । बिहारका ८० सांसदमा तीन महिला छन् । त्यसमा उनी एक हुन् । उक्त भिडियो उनलाई पनि पुगेको थियो ।
उनी भन्छिन्–अब त भिडियो बनाउने होडजस्तै भएको छ । कसैलाई यसबारेमा चिन्ता छ र ? यदि मानिसमा छोरीहरुका बारेमा चिन्ता हुन्थ्यो भने यस्तो भिडियो अरुलाई पठाउँथेनन् । भिडियोका बारेमा प्रहरीलाई खबर गर्थे ।’ बिबिसीमा प्रकाशित रिर्पोटबाट लिइएको केही अंश
वि.सं.२०७५ पुस २२ आइतवार ०९:२९ मा प्रकाशित