back
CTIZAN AD

अश्लिल साइट ‘पोर्न हब’को सबैभन्दा ठूलो बजार भारत

वि.सं.२०७५ पुस २२ आइतवार

6.2K 

shares

संसारकै सबैभन्दा चर्चित अश्लिल वेवसाइट ‘पोर्न हब’ का अनुसार भारत उसको सबैभन्दा ठूलो बजार हो ।
पोर्नहबमा भिडियो हेर्ने अमेरिका, ब्रिटेन पछि तेस्रो नँम्बरमा भारत परेको छ । यसमा सबैभन्दा बढी मानिसले पोर्नहब हेर्नका लागि मोबाइलको प्रयोग गर्ने गरेको पाइएको छ ।
विविसीका अनुसार भारतका धेरै युवा पुस्ताहरुलाई यौन सम्बन्धी जानकारी पोर्नबाट मिलेको  छ ।
त्यस्तै यसले युवापुस्तालाई यौन सम्बन्धी जानकारी मिलेको भएपनि यसमा बच्चासँग सेक्स, जर्वजस्ती गर्लफ्रेन्ड या भीडियो तथा बलात्कारका भिडियो समेत अपलोड भएको हुनाले यसले धेरै उल्झन ल्याउन सक्ने बताइएको छ ।
पत्रकार, एक्टिभिस्टबाट ह्वाट्सप ग्रुपमार्फत पाइएको भिडियोमा १ दर्जन केटाहरुले १६ वर्षकी युवतीको कपडा च्यातिरहेको र एक युवकले भिडियो बनाइरहेको भिडियो प्राप्त भएपछि यसरी युवाहरुका बीच यस्ता भिडियो तथा पोर्न भिडियो पुग्दा उनीहरुमा के असर पर्छ भनेर विविसीले यसको अनुसन्धान गरेको बताएको छ ।
बिहारको जहानाबादमा बनाइएको उक्त भिडियो यतिधेरैका बीच पुग्यो कि प्रहरीले यस्तो काण्डमा संलग्न युवालाई पक्राउ ग¥यो ।

त्यतिधेरै युवाहरु पक्राउ परेपछि गाउँमा डर फैलियो । गाउँका ठूला तथा बुर्जुक व्यक्रिहरु इन्टरनेटमा आउन पनि डराए ।
त्यहिका सुजय प्रसाल किरानसँग पनि यो भिडियो पुग्यो । उनी त्यहाँ किराना पसल चलाएर बस्दथे ।
उनका अनुसार उक्त गाउँमा स्मार्ट फोन पुगेको २ वर्ष मात्र भएको र उनीहरुलाई स्मार्ट फोन कसरी चलाउने भन्ने समेत थाहा छैन् । ग्रामिण र सहरी भारतमा २० करोड भन्दा बढी मानिसहरु ह्वाट्सएपको प्रयोग गर्छन् । यसकारण भारत ह्वाट्सएपको संसारकै सबैभन्दा ठूलो बजार हो ।
इन्टरनेट र सोसियल मिडियामा क्रान्ति भन्दा पहिले मानिसहरु पोर्न भिडियोका लागि सानो पसलहरुमा निर्भर रहन्थे । अहिले तिनैमध्ये केहि पसलवालाहरुले आफ्ने विजनेस खत्तम भएको बताउँछन् । नजिकै रहेका एक युवकले पनि यसको चलन गएको बताए । युवकका अनुसार उनीहरु केटीहरुलाई छेडछाँड गरेको तथा बलात्कारको भिडियो प्राय हेर्ने गर्छन् ।
११ मा पढ्ने एक युवकले भने कि उनी यस्ता २५–३० भिडियो देखिसकेका छन् । सनथै यस्तो भिडियो अरु भिडियो जसरी नै आउँछन् अनि सबै साथीहरुबीच उक्त भिडियो सेयर हुन्छ ।
अर्का व्यक्तिले भने– क्लासमा धेरै युवाहरु यस्ता भिडियो सँगै बसेर हेर्छन् । कहिले काँही एक्लैमा पनि । राम्रो लाग्छ । सबै हेर्छन् ।’
जहानावादको भिडियो सयौं हजारौमा एक थियो । यसका कारण बिहारका सांसद रंजित रंजन पनि चिन्तित छन् । बिहारका ८० सांसदमा तीन महिला छन् । त्यसमा उनी एक हुन् । उक्त भिडियो उनलाई पनि पुगेको थियो ।
उनी भन्छिन्–अब त भिडियो बनाउने होडजस्तै भएको छ । कसैलाई यसबारेमा चिन्ता छ र ? यदि मानिसमा छोरीहरुका बारेमा चिन्ता हुन्थ्यो भने यस्तो भिडियो अरुलाई पठाउँथेनन् । भिडियोका बारेमा प्रहरीलाई खबर गर्थे ।’ बिबिसीमा प्रकाशित रिर्पोटबाट लिइएको केही अंश

 

वि.सं.२०७५ पुस २२ आइतवार ०९:२९ मा प्रकाशित

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत...

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...