back
CTIZAN AD

गोकर्णेश्वर मेयर कप फुटबल प्रतियोगिता शुरु

वि.सं.२०७५ पुस २२ आइतवार

711 

shares

२२ पुस, काठमाडौ ।  गोकर्णेश्वर नगरपालिकाको सहकार्य तथा जोरपाटी फुटबल क्लबको आयोजनामा वडास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

गोकर्णेश्वर नगरपालिकाभित्र खेलकूदको विकास गर्ने उद्देश्यका साथ शनिबारदेखि शुुरु भएको उक्त प्रतियोगिताको नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । कार्यक्रममा नेता सिंहले खेलाडीले सिकेका सीपलाई प्रयोग गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नाम चिनाउन यस्ता खेलकूद प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले मुलुकको खेल क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाको नाम पु¥याउनका लागि नीति र कार्यक्रममा खेल क्षेत्रलाई समावेश गरेर अगाडि बढ्न सुझाव दिए ।

काङ्ग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले राष्ट्रको सम्मान बढाउने महत्वपूर्ण पक्ष भनेको खेल जगत् भएकाले यसको विकासका लागि सरकार लाग्नुपर्ने बताए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले फुटबलको विकासका लागि नगरपालिकाले रु एक करोड २० लाख लागतमा दुई फुटबल मैदान निर्माण गर्न लागेको जानकारी दिए ।
जोरपाटी फुटबल क्लबका अध्यक्ष दीपक लामाले नगरपालिकासँग सहकार्य गरेर फुटबलको विकासका लागि आफुहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । एक हप्तासम्म चल्ने उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाभित्रका १४ वडाका १४ टिमको सहभागिता रहनेछ । कार्यक्रममा राष्ट्रियस्तरका खेलाडीलाई सम्मानसमेत गरिएको थियो ।

वि.सं.२०७५ पुस २२ आइतवार ०९:१२ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...