Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

बालमैत्री गाविस घोषणा सम्बन्धमा अनुगमन



 १० कात्तिक ,बैतडी । बालमैत्री गाविस घोषणाका लागि तयारी अवस्थामा रहेको सिद्धेश्वर गाविसमा मङ्गलबार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको टोलीले अनुगमन गरेको छ ।

मन्त्रालयका उपसचिव गुरु सुवेदीको नेतृत्वमा आएको टोलीले गाविसमा बालमैत्री स्थानीय शासन अवलम्बन गर्नका लागि भइरहेका प्रयासका बारेमा अनुगमन गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोके अनुसारका सूचक पूरा गरे÷नगरेका बारेमा छलफल गरेको छ । कुनै पनि स्थानीय निकायले बालमैत्री घोषणाका लागि २७ सेवामूलक र १२ संस्थागतसूचक पूरा गर्नुपर्ने हुन्छ ।

मन्त्रालयको टोलीले अनुगमन गर्दा ती सबै सूचक गाविसले पूरा गरेको गाविसका सचिव प्रेमसिंह बिष्टले जानकारी दिनुभयो । अनुगमन टोलीले आज जिविसमा छलफल गरी मन्त्रालयमा प्रतिवेदन बुझाउने छ । टोलीले मन्त्रालयमा प्रतिवेदन बुझाइसकेपछि गाविसलाई बालमैत्री गाविस घोषणाको मिति तय गरिने छ । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब