back
CTIZAN AD

बालमैत्री गाविस घोषणा सम्बन्धमा अनुगमन

वि.सं.२०७३ कात्तिक १० बुधवार

918 

shares

 १० कात्तिक ,बैतडी । बालमैत्री गाविस घोषणाका लागि तयारी अवस्थामा रहेको सिद्धेश्वर गाविसमा मङ्गलबार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको टोलीले अनुगमन गरेको छ ।

मन्त्रालयका उपसचिव गुरु सुवेदीको नेतृत्वमा आएको टोलीले गाविसमा बालमैत्री स्थानीय शासन अवलम्बन गर्नका लागि भइरहेका प्रयासका बारेमा अनुगमन गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोके अनुसारका सूचक पूरा गरे÷नगरेका बारेमा छलफल गरेको छ । कुनै पनि स्थानीय निकायले बालमैत्री घोषणाका लागि २७ सेवामूलक र १२ संस्थागतसूचक पूरा गर्नुपर्ने हुन्छ ।

मन्त्रालयको टोलीले अनुगमन गर्दा ती सबै सूचक गाविसले पूरा गरेको गाविसका सचिव प्रेमसिंह बिष्टले जानकारी दिनुभयो । अनुगमन टोलीले आज जिविसमा छलफल गरी मन्त्रालयमा प्रतिवेदन बुझाउने छ । टोलीले मन्त्रालयमा प्रतिवेदन बुझाइसकेपछि गाविसलाई बालमैत्री गाविस घोषणाको मिति तय गरिने छ । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ०२:३६ मा प्रकाशित

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...