१० कात्तिक ,अम्मान (जोर्डन) । सिरियाको सीमा नजिकै अवस्थित उत्तरी जोर्डनमा मङ्गलबार भएको बस दुर्घटनामा छ जना मानिसको मृत्यु भएको छ भने ३७ जना यात्रु घाइते भएको यहाँका अधिकारीले जनाएका छन् ।
इरविद् र माफराक सहरको बीच भूभागतिर भएको दुर्घटनामा गुडिरहेको बसको गति नियन्त्रण हुननसकी पल्टिएको र छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते ३७ जनालाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।
जोर्डनमा कमजोर सडक संरचनाका कारण सडक दुर्घटनामा परी गत वर्ष ६८८ जनाले ज्यान गुमाएको र १४ हजार मानिस सडक दुर्घटनामा परी घाइते भएको जोर्डनी अधिकारीले बताएका छन् । रासस÷एएफपी
वि.सं.२०७३ कात्तिक १० बुधवार ०२:३७ मा प्रकाशित