back
CTIZAN AD

कंसाकारपछि क–कसलाई दल्दै छ बैद्य माओवादीले कालो मोसो ?

वि.सं.२०७५ पुस २३ सोमवार

837 

shares

२३ पुस, काठमाडौं । विगतमा अराजक गतिबिधि गर्ने दलको पहिचान पाएको विप्लव माओवादीलाई यसपटक निम्छरो ठानिएको मोहन बैद्यको पार्टीले माथ खुवाएको छ । सबैलाई आश्चर्यमा पार्दै उक्त पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिग नेपालले वाइडबडी खरिद प्रकरणमा मुछिएका वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यालयमा पुगेर कालो मोसो दलेको थियो ।
कालोमोसो प्रकरण सामाजिक संजालमा तातिरहेका बेला अब उनीहरुको सिकार को–को बन्दै छन् भन्ने जिज्ञासा पनि बढेको छ ।
श्रोतका अनुसार बैद्यनिकट युवा संगठनको कालो सूचीमा कंसाकार मात्र नभएर दर्जनौ भ्रष्टाचारीहरु बढेका छन् । वाइडवडी जहाज प्रकरणसँगै जोडिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तथा पूर्वमन्त्री जीवन बहादुर शाही पनि हटलिस्टको अग्रपंक्तिमा रहेका छन् । सुरक्षाका कारण उनीहरु कालोमोसोबाट जोगिदै आएपनि कुनैपनि बेला संगठनको सिकार हुन सक्ने खतरा रहेको छ । फोरमको कोटाबाट विगतमा मन्त्री बनेका र हाल कांग्रेसी बनिसकेका जीतेन्द्र देवलाई पनि भेट्ने वित्तिकै कालो मोसो दल्न संगठनले युवा परिचालन गरेको छ । आजको साँघु साप्ताहिकबाट

वि.सं.२०७५ पुस २३ सोमवार ०९:०५ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...