back
CTIZAN AD

चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

वि.सं.२०७५ पुस २३ सोमवार

645 

shares

२३ पुस, नयाँदिल्ली । भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।

आइतबार, मुम्बईबाट दुबईतर्फ गइरहेको एयर इण्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो ।

आइतबार नै नयाँदिल्लीका लागि उडेको स्पाइसजेटको विमान बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि बनारस विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । यो विमान हङकङबाट १४० भन्दा बढी यात्रु बोकेर उडिरहेको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् ।

स्पाइसजेटका प्रवक्ताले पाइलटले एक नम्बर इन्जिनमा न्यून परिमाणमा इन्धन आपूर्ति भएको थाहा पाउनासाथ बनारस विमानस्थलमा आपतकालीन अवतरण गराएको बताए ।

शनिबार राति, एयर इण्डियाको विमानबाट इन्धन चुहिन थालेपछि कोलकात्ता विमानस्थलमा आपतकालीन स्थिति घोषणा गरिएको थियो । बैंककबाट नयाँदिल्ली उडानमा रहेको एयर इण्डियाको उडान नं. एआई–३३५ विमानमा राति १०.३५ मा प्राविधिक गडबडीको आशङ्का गरिएको थियो । यो घटनामा कुनै यात्रु घाइते भएका छैनन् ।

एयर इण्डियाको वक्तव्यमा पूर्वसावधानीका लागि विमानलाई कोलकात्ता विमानस्थलमा अवतरण गराउनुपरेको उल्लेख छ । विमानका यात्रुलाई अर्को विमानमा राखेर राति साढे दुई बजे नयाँदिल्ली पु¥याइएको थियो ।

शनिबार, कोलकात्ता–चेन्नाई इण्डिगो विमान पनि उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि पुनः चेन्नाई फर्किएको थियो । विमानमा सामान्य खराबी देखिएको तर आपतकालीन स्थिति घोषणा नगरिएको इण्डिगोले जनाएको छ ।

वि.सं.२०७५ पुस २३ सोमवार १०:३९ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...