back

निसानका पूर्वअध्यक्ष अदालत उपस्थित, निर्दोष भएको बयान

वि.सं.२०७५ पुस २४ मंगलवार

468 

shares

२४ पुस, टोकियो ।  भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्वअध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित भएका छन् । अदालतमा बयानका क्रममा उनले आपूm निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ ।

गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो ।

“मेरा विरुद्ध लगाइएका आरोपहरु असत्य हुन्, म निर्दोष छु,” गोउनले न्यायाधीश समक्ष भने, न्यायाधीश समक्ष आफ्नो वक्तव्य पढेर सुनाउँदा उहाँ दृढ र शान्त देखिनुभएको थियो । “मलाई अन्यायपूर्वक आरोपित गरिएको छ ।”

सरकारी वकीलले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उहाँमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ ।

वकीलले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् ।

कालो सुट र प्लास्टिक चप्पल लगाएर अदालतमा उपस्थित भएका गोउनले आरोप लगाइएका प्रत्येक बुँदाको जवाफ दिएका थिए । उनले आरोपमाथि प्रतिवाद गर्दै भने, “म निसान बीचमै छाड्न पनि सक्दथें, तर कम्पनी छाड्न चाहिनँ ।”

“आँधी आएका बेला जहाजको कप्तानले जहाज छाड्दैन,” उनले अदालतमा भने ।

विश्वकै अटो उद्योगमा चर्चित व्यक्तित्व कार्लोस गोउन विश्व आर्थिक मञ्चदेखि अरु ठूला एवं विशिष्ट मञ्चमा वक्ताका रुपमा रहने गर्थे । तर तिनै विशिष्ट व्यक्तित्व गोउनलाई अदालतमा उपस्थित गराउँदा जापान प्रहरीले हतकडी लगाएको थियो । अदालतभित्रको इजलासमा भने उनको हतकडी फुकालिएको थियो ।

न्यायाधीश युची ताडाले इजलासमा गोउनमाथि लागेको आरोप पत्र पढेर सुनाएका थिए । न्यायाधीश ताडाले गोउनमाथि जापानबाट भाग्न खोजेको पनि बताउनुभएको थियो । जापानी सरकारी वकीलहरुले गोउनले प्रमाण लुकाउने वा नष्ट गर्ने सम्भावना पनि रहेको आरोप लगाएका छन् ।

गोउन निजी जेट लिएर टोकियोमा ओर्लनासाथ प्रहरीले गिरफ्तार गरेको थियो । कार्लोस गोउन फ्रान्सेली नागरिक हुन् ।

जापानमा शंकास्पद व्यक्तिलाई प्रमाण नष्ट गर्ने वा तोडमोड गर्ने भन्दै जमानत नदिई थुनामा राख्ने प्रचलन छ ।

मङ्गलबारको सुनुवाइका क्रममा गोउनका एकजना वकील गो कोन्डोले गोउन विदेशतर्फ भाग्ने खतरा नरहेको दाबी गरे । “गोउन चिरपरिचित व्यक्ति हुन्, त्यसैले भाग्ने सम्भावना नै छैन । उहाँले प्रमाण नष्ट गर्ने कुनै जोखिम नै छैन ।”

गोउनले अदालत समक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरुको व्याख्या गरेका थिए । उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए ।

उनले भने, “मलाई निसानमाथि साँच्चिकै प्रेम छ ।”

केही वर्षयता निसान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि शेयर लगानी गरेको छ । हाल निसानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत शेयर छ ।

गोउन अझै पनि रेनल्टका प्रमुख तथा निसानको सञ्चालक समितिका सदस्य हुनुहुन्छ ।

गोउनको थुना अवधि अझै आगामी शुक्रबारसम्मका लागि कायम छ ।

जापानको कानुन बमोजिम गलत वित्तीय रिपोर्टिङ गरिएको अवस्थामा १० वर्षसम्म जेल सजाय, ८९ हजार अमेरिकी डलर वा दुबै सजाय हुन सक्दछ ।

वि.सं.२०७५ पुस २४ मंगलवार १७:१७ मा प्रकाशित

Himalayan Life AD
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...