back
CTIZAN AD

इलामबाट सुरु गरे डा केसीले १६ औं सत्याग्रह

वि.सं.२०७५ पुस २६ बिहीवार

759 

shares

२६ पुस, पशुपतिनगर । चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसीले इलाममा १६ औँ सत्याग्रहको शुरुआत गरेका छन् ।

गत साउन १० गते सरकारसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह इलामबाट शुरुआत गरेका हुन् ।
मङ्गलबार इलाम सदरमुकाम आइपुगेका डा केसीले पत्रकार सम्मेलन गरी बुधबार साँझ ५ बजेदेखि इलामको फुलगाछीस्थित पुरानो सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रहेको भवनमा ६ बुँदे मागसहित सत्याग्रहमा बसेको जानकारी दिए ।

पन्ध्रौँ सत्याग्रह अन्त्य गर्ने क्रममा गत साउन १० गते सरकारसँग राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा आफूले उठाएको माग समेटेर संसद्बाट पास गर्ने सहमति भएको थियो । तर सहमति विपरित चिकित्सा शिक्षा विधेयक अगाडि बढाएकाले आफूले १६ औँ पटक सत्याग्रहमा बस्नुपरेको उनले बताए ।

डा केसीले ६ बुँदे मागमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने, कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्न मन्त्रिपरिद्षको निर्णयबमोजिम चोर बाटोबाट दिन लागिएको सम्बन्धन रोक्नुपर्ने लगायतका छन् ।

वि.सं.२०७५ पुस २६ बिहीवार ०९:१६ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...