back

अकुत सम्पत्ति जम्मा गरेको भन्दै सहसचिव श्रेष्ठविरुद्ध मुद्दा दायर

वि.सं.२०७५ पुस २६ बिहीवार

507 

shares
GLOBAL IME AD
NTC AD

२६ पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिवमा कार्यरत छन् । सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धमा छानविन गर्दा रु एक करोड ३४ लाख ५७६ बराबरको सम्पत्ति अवैध रहेको अनुसन्धानका क्रममा फेला परेको आयोगले जनाएको छ ।

सहसचिव श्रेष्ठले विसं २०३८ माघ २८ गतेदेखि जाँच अवधिसम्म रु दुई करोड १० लाख ७७ हजार चार बराबरको आय आर्जन गरेको पाइएको छ । सो अवधिमा निज तथा निजको परिवारका सदस्यको चल÷अचल सम्पत्ति तथा सवारी खरीद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैंक मौज्दातलगायतका शीर्षकमा समेत गरी रु तीन करोड ४४ लाख ७७ हजार ५८० बराबरको खर्च गरेको देखिएको छ ।

आयोगका अनुसार वैध आयको तुलनामा रु एक करोड ३४ लाख ५७६ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएकाले श्रेष्ठको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको छ । सहसचिव श्रेष्ठले राष्ट्रसेवक भएपश्चात के–कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

आयोगले स्रोत नखुलेको सम्पत्ति श्रेष्ठको श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी स्वाठीकी भगवती योगीको नाममा समेत पाइएकाले उहाँहरुविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । आयोगले बिगो असुलउपर गरी कैद सजायकोसमेत माग गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

वि.सं.२०७५ पुस २६ बिहीवार ०९:१९ मा प्रकाशित

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य...

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । काठमाडौँको बागबजारमा एक महिलाको हत्या भएको छ ।...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्...

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

काठमाडौं । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा...