back
CTIZAN AD

७८ करोड कर तिर्न पत्र आएपछि बेहोस भए लीला प्रसाद

वि.सं.२०७५ पुस २६ बिहीवार

780 

shares

२६ पुस, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीला प्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै भइसक्यो । दुई महिना अघि उनको स्थायी ठेगानामा फिदिम ३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका बेला उनको दाई घरमा पुगेका थिए । उनले सो पत्र काठमाडौंबाट आएको भन्दै भाइलाई ल्याएर दिए ।
पत्र खोलेर पढेका मात्र के थिए, लीला प्रसाद बेहोस् भए । आफन्तले उनलाई हतार हतार अस्पताल पु¥याए । किनभने त्यो, सामान्य पत्र थिएन । पत्रमा लेखिएको थियो, ‘तपाइको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रा.लि (स्थायी लेखा नम्बर ६०२४१८४२१) प्रालि ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला । कम्पनीको नाममा रहेको ७८ करोड रुपैयाँ कर दायित्व थियो । कहिल्यै व्यापार नगरेका लिला प्रसादलाई ७८ करोड तिनुपर्ने पत्र आएपछि बेहोस् भएका थिए ।
उनका आफन्तलाई पत्र नक्कली लाग्यो र कर कार्यालयमा गएर बुझे । पत्र सक्कलीनै रहेछ । तर, उनको नागरिकता प्रयोग गरेर अरुले नै स्याटलाइट कम्पनी दर्ता गरेको रहेछ । उक्त कम्पनीले २०७१÷७२ को नौ महिनामा २ अर्ब ४२ करोडको कारोबार गरेको रहेछ । तर, १ रुपैयाँ पनि कर तिरेको रहेनछ । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ पुस २६ बिहीवार ०८:३९ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...