back
CTIZAN AD

संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

वि.सं.२०७५ पुस २६ बिहीवार

627 

shares

२६ पुस, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुषमा स्वराजबीच आज भारतको बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

रायसिना संवादको चौथो संस्करणमा भागलिने सिलसिलामा भारत भ्रमणमा रहनुभएका मन्त्री ज्ञवाली र उनका भारतीय समकक्षीबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविधि पक्षमा विचारविमर्श गरे नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

“दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सहयोगअन्तर्गतत नेपालमा जारी विकास–निर्माणका आयोजनाको समीक्षा गर्नुका साथै ती परियोजनामा भएको प्रगतिप्रति सन्तुष्टि प्रकट गर्नुभएको छ । उहाँहरूले ती आयोजना निर्धारित समयमा नै पूरा गर्न निर्वाधरुपमा तिनलाई गतिदिनुपर्नेमा जोड दिनुभएको छ,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले हालसालै दुवै देशबाट उच्चस्तरमा भएका भ्रमणको स्मरण गर्दै समानता, पारस्परिक विश्वास, सम्मान र आपसी लाभमा आधारित शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई अझ मजबुत तुल्याएकामा त्यसको प्रशंसा गरेका छन् ।

भारतको बाह्य मामिला मन्त्रालयको सहकार्यमा अब्जबर रिसर्च फाउण्डेशनले रायसिना संवादको चौथो संस्करण आयोजना गरेको हो । मन्त्री ज्ञवाली उक्त संवादमा मुख्य वक्ताका रुपमा सहभागी हुन आज बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

वि.सं.२०७५ पुस २६ बिहीवार १८:०१ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...