back

संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

वि.सं.२०७५ पुस २६ बिहीवार

345 

shares
GLOBAL IME AD
NTC AD

२६ पुस, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुषमा स्वराजबीच आज भारतको बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

रायसिना संवादको चौथो संस्करणमा भागलिने सिलसिलामा भारत भ्रमणमा रहनुभएका मन्त्री ज्ञवाली र उनका भारतीय समकक्षीबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविधि पक्षमा विचारविमर्श गरे नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

“दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सहयोगअन्तर्गतत नेपालमा जारी विकास–निर्माणका आयोजनाको समीक्षा गर्नुका साथै ती परियोजनामा भएको प्रगतिप्रति सन्तुष्टि प्रकट गर्नुभएको छ । उहाँहरूले ती आयोजना निर्धारित समयमा नै पूरा गर्न निर्वाधरुपमा तिनलाई गतिदिनुपर्नेमा जोड दिनुभएको छ,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले हालसालै दुवै देशबाट उच्चस्तरमा भएका भ्रमणको स्मरण गर्दै समानता, पारस्परिक विश्वास, सम्मान र आपसी लाभमा आधारित शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई अझ मजबुत तुल्याएकामा त्यसको प्रशंसा गरेका छन् ।

भारतको बाह्य मामिला मन्त्रालयको सहकार्यमा अब्जबर रिसर्च फाउण्डेशनले रायसिना संवादको चौथो संस्करण आयोजना गरेको हो । मन्त्री ज्ञवाली उक्त संवादमा मुख्य वक्ताका रुपमा सहभागी हुन आज बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

वि.सं.२०७५ पुस २६ बिहीवार १८:०१ मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...