back
CTIZAN AD

नलेज बैंक स्थापनाका लागि एनआरएनएसँग सहकार्य गरिने–प्रधानमन्त्री

वि.सं.२०७५ पुस २७ शुक्रवार

714 

shares

 

२७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नलेज बैंक स्थापनाका लागि एनआरएनएसँग सहकार्य गर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघको अक्टोबरमा काठमाडौंमा सम्पन्न विज्ञ सम्मेलनको सारांश एवं सुझावहरु पेश गर्न संघका अध्यक्ष भवन भट्टको नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटार पुगेको टोलीसमक्ष प्रधानमन्त्रीले अन्य सम्पत्ति अस्थायी प्रकृतिको हुने तर ज्ञान सीप स्थायी प्रकृतिको हुने भएकाले ज्ञानको स्थानान्तरणमा सरकारले संघसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

यस्तै प्रधानमन्त्री ओलीले नेपालमा रहेको हिमाली श्रृंखलाले उपमहाद्विपको वातावरण सन्तुलनमा खेलेको भूमिकामासतर्क गराउन आ–आफ्नो स्थानबाट सकारात्मक सन्देश प्रवाह गर्न आग्रह समेत गरेका थिए ।


कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघले पछिल्लो समय गरेको गतिविधि र विशेषत ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसायोग्य भएको समेत बताएका थिए । सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा गैरआवासीय नेपाली संघले आर्थिक लगानी संगसंगै ज्ञान,सीप र प्रविधिको लगानी भित्र्याउन पहल गर्नुलाई सरकारले सकारात्मक रुपमा लिएको उनको भनाई थियो ।


कार्यक्रममा अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघको पछिल्ला गतीविधीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले विज्ञ सम्मेलनको सारांश पेश गर्दै संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धि गर्ने जमर्कोका साथ विज्ञ सम्मेलन गरेको जानकारी गराएका थिए । साथै उनले भिजिट नेपाल २०२०, विद्यार्थी भर्ना अभियान लगायत सरकारले लिएका कार्यक्रमहरु सफल पार्न संघ लागि पर्ने विश्वास दिलाएका थिए ।

यस्तै संघका उपाध्यक्ष एवं सम्मेलनका संयोजक कुमार पन्तले अक्टोबरमा सम्पन्न विज्ञ सम्मेलनको पृष्ठभूमि लगायत सम्मेलन सम्पन्न गर्नका लागि गरेका सम्पूर्णगतिविधीको बारेमा स्मरण गराएका थिए । यस्तै सम्मेलनका अर्का संयोजक डा. हेमराज शर्माले सम्मेलनको बारेमा विस्तृत जानकारी गराएका थिए । संघद्वारागत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए । १९ वटा सत्रमा सम्पन्न सम्मेलनमा २१ मुलुकका ५ सय भन्दा बढी प्रतिनिधि सहभागी थिए ।

फरक प्रसङ्गमा संघका पदाधिकारीहरुले संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विद्येयकलाई संघले राखेको सुझाव सहित पारित गरीकार्यन्वयनमा ल्याउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट,उपाध्यक्षद्वय, कुमार पन्त र कुल आचार्य, महासचिव डा। बद्री केसी, प्रवक्ता भूषण घिमिरे, विज्ञ सम्मेलन समितिका सदस्य हरि दाहाल, सल्लाकार डा। हेमराज शर्मा, आइसीसीसदस्य रामशरण सिम्खडा, अनरेरी काउन्सिल सदस्य गोविन्द सुवेदी सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी लगायतको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७५ पुस २७ शुक्रवार १०:१४ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...