back
CTIZAN AD

ठेउलाका कारण दुई दर्जन प्रभावित भएपछि विद्यालय बन्द

वि.सं.२०७५ पुस २८ शनिवार

720 

shares

२८ पुस, चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोक नगरपालिका–१४ स्थित डडुवा भवानी शङ्कर माविका छात्रछात्रा ठेउला रोगबाट ग्रसित भएपछि पाँच दिनको लागि विद्यालय बन्द गरिएको छ ।

गत मङ्गलबार चार विद्यार्थीमा देखा परेको सो रोगले हाल दुई दर्जन बढी छात्रछात्रा बिरामी परेकाले चिकित्सकको सल्लाहअनुसार सङ्क्रमण हुन नदिन आगामी माघ २ गतेसम्म विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक बद्री नेपालले जानकारी दिए ।

शुरुमा सामान्य ज्वर आउने, शरीरमा बिबिरा देखा पर्ने लक्षण रहेको सरुवा रोग भएकाले सङ्क्रमण हुन नदिन चिकित्सकका सुझावअनुसार व्यवस्थापन समिति, जनप्रतिनिधि र अभिभावकको भेलाले आजदेखि विद्यालय बन्द गरिएको प्रअ नेपालले बताए ।

विद्यालयमा रोग फैलिएको जानकारी पाएपछि विश्व स्वास्थ्य सङ्गठनका डा सागर शाक्यसहितको टोलीले निरीक्षण गरी महामारीको रुप लिन नपाओस् भन्ने उद्देश्यले औषधि वितरण गर्नुका साथै विद्यालय बन्द गर्न सल्लाह दिएको नगरपालिकाका स्वास्थ्य संयोजक शिव पुरीले बताए । हाल सो विद्यालयमा ३२६ विद्यार्थी अध्यनरत छन् ।

वि.सं.२०७५ पुस २८ शनिवार ०८:५६ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...