back
CTIZAN AD

साझाको सहकारी पुरस्कार कृषि केन्द्रीय संघलाई

वि.सं.२०७५ पुस २८ शनिवार

864 

shares

२८ पुस, ललितपुर । साझा सेवा सहकारीले हरेक वर्ष प्रदान गर्ने कमलमणि स्मृती साझा सेवा सहकारी पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरिएको छ ।

सुक्रबार ललितपुरमा भएको संस्थाको ३४ औं साधारणसभाका अवशरमा नेपालको सवैभन्दा पुरानो सहकारी संस्था साझा सेवा सहकारीले प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कृषिको केन्द्रीय संघलाई प्रदान गरिएको हो ।

नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको निर्माण र सदस्यहरुको आर्थिक, सामाजिक एंव सचेतनाको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै २० वटा केन्द्रीय संघ मध्ये नेपाल कृषि सहकारी केन्द्रीय संघलाई उत्कृष्ट सहकारीका रुपमा नगद ५० हजार सहित सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गाउँका साना किसानहरुलाई एकीकृत बनाएर मुलधारमा ल्याउन सहयोग गरेको प्रति सम्मान स्वरुप कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारका लागि सिफारिस गरिएको बताए ।

अध्यक्ष बडालले नेपाल कृषि सहकारी केन्द्रीय संघले लोपउन्मुख, पिछडीएको वर्ग, जात जाती र समुदायको जीवनस्तर सुधारमा खेलेको भुमिका महत्वपूर्ण र उदाहरणीय रहेको बताए ।
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा सना किसान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले नेपालकै पुरानो सहकारीले प्रदान गर्ने पुरस्कार प्रप्त गर्न देशभरका साना किसानहरुको साथ सहयोग र विश्वसले नै सहयोग पुगेको बताए । उनले आगामी दिनमा अफ्ना कार्यक्रमरुलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडी बढ्ने चुनौती थएिको भन्दै यसका नेपालमा सरकार, सहकारी र निजी क्षेत्रको सहभागीतमा विकास र परिवर्तनको साझा मुद्धालाई एकैसाथ अगाडी बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्या प्रसाद श्रेष्ठ, साझा सेवा सहकारी संस्थाका अध्यक्ष भीमबहादुर अधिकारी लगायतले कृषि सहकारीले समाज सुधारका लागि गरेको काम प्रति खुसी व्यक्त गरेका थिए । उनीहरुले आगामी दिनमा पनि कृषि उत्पादन, उत्पादकत्व बढाउनका साथै सदस्यहरुको जीवन सुधारका लागि काम गर्न पनि शुभकामना दिएका थिए ।

वि.सं.२०७५ पुस २८ शनिवार ०९:४८ मा प्रकाशित

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...