back
CTIZAN AD

म त अचेल – आगो निभेका दिलभित्र आगो जोर्दै छु !

वि.सं.२०७५ पुस २८ शनिवार

783 

shares

म त अचेल शब्दहरूको सलाई कोर्दै छु !
आगो निभेका दिलभित्र आगो जोर्दै छु !

मौसमभन्दा चिसो भयो मान्छेको मन !
तात्ला भन्छु चिसिएर जम्ने भयो झन !
चिसिएका मनमाथि सलाई कोर्दै छु
सेकाउँनु पर्यो मान्छे आगो जोर्दै छु !
म त अचेल….

धेरै आए आगोमाथि पानी खन्याउँने !
हिउँजस्ता कुरा गरी चिसो बनाउँने !
कसरी युग वदलिन्छ मान्छे नतात्तिए
दिलमा आगो सल्किएर मान्छे नमात्तिए
म त अचेल…!

केले पोल्ने कुँडा कर्कट आगो नसल्किए
मनभरि उन्मुक्तिको लहर नछल्किए
म त लगातार साथी सलाई कोर्दै छु
मान्छेहरूको दिमागभित्र आगो जोर्दै छु
म त अचेल….

२०७५्र/०९्र/२७
भक्तपुर

वि.सं.२०७५ पुस २८ शनिवार ०९:३६ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...