back

म त अचेल – आगो निभेका दिलभित्र आगो जोर्दै छु !

वि.सं.२०७५ पुस २८ शनिवार

453 

shares
GLOBAL IME AD
NTC AD

म त अचेल शब्दहरूको सलाई कोर्दै छु !
आगो निभेका दिलभित्र आगो जोर्दै छु !

मौसमभन्दा चिसो भयो मान्छेको मन !
तात्ला भन्छु चिसिएर जम्ने भयो झन !
चिसिएका मनमाथि सलाई कोर्दै छु
सेकाउँनु पर्यो मान्छे आगो जोर्दै छु !
म त अचेल….

धेरै आए आगोमाथि पानी खन्याउँने !
हिउँजस्ता कुरा गरी चिसो बनाउँने !
कसरी युग वदलिन्छ मान्छे नतात्तिए
दिलमा आगो सल्किएर मान्छे नमात्तिए
म त अचेल…!

केले पोल्ने कुँडा कर्कट आगो नसल्किए
मनभरि उन्मुक्तिको लहर नछल्किए
म त लगातार साथी सलाई कोर्दै छु
मान्छेहरूको दिमागभित्र आगो जोर्दै छु
म त अचेल….

२०७५्र/०९्र/२७
भक्तपुर

वि.सं.२०७५ पुस २८ शनिवार ०९:३६ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण, ललितपुर छ्यौ दुरुस्तै अहो परीजस्तै छैन कोही यहाँ...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिमी सागर म किनार बनूँला...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौं मौका छोपेर चौका हान्नेको के...

गजल

गजल

सुमन शर्मा, टेक्सास अमेरिका तिमी आयौ बुझायौ कुरा एकाबिहानै भएँ...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

कविता : त्यो प्रेम नै हो

कविता : त्यो प्रेम नै हो

नीता गुरुङ, असम भारत जहाँ प्रेम हुन्छ त्यहाँ नै सुन्दर...