back
CTIZAN AD

प्रहरी नदेखेका स्थानीयले भने–‘प्रहरी हामी जसा हुदाँ रहेछन्’

वि.सं.२०७५ पुस २८ शनिवार

945 

shares

२८ पुस, बाजुरा । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके ।
केही महिना अघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुक्न पुगेका थिए । प्रहरीलाई देखेपछि कोही पनि घरबाट निस्केनन् भने घर बाहिर रहेका समेत डरले थरथर काम्न थाले । कारण थियो पहिलो पटक गाउँमा प्रहरीको आगमन ।

प्रहरीलाई देखिसकेका त्यहाँका केही युवाले यी त प्रहरी हुन भनेर कानेखुसी गरे पनि कहिल्यै प्रहरी नदेखेका त्यहाँका वृद्धवृद्धा र बालबालिका भने डराएर प्रहरीसंग बोल्न नै सकेकन । साठी वर्षीय फुगे रोकायाले भने, “ तमी को हौँ रु काँ जादाँ भया रु तमी हामी जसा आछिन् । कपडा पनि कसान लगायाका” जवाफमा प्रहरी हबल्दार मनीराज भण्डारीले भने “होइन हामी पनि तपाईं जस्तै मान्छे प्रहरी हौँ । हामी तपाईंहरुको गाउँ अनुगमन गर्न र तपाईहरूकै सुरक्षाका लागि भनेर आएका हौँ ।”

“हामीले प्रहरी देखेकै छैनौँ, त्यसैले हामीले त डरले बोल्नसमेत सकेनौँ, यो गाउँमा कोही पनि आउँदैन थिए”, अर्का युवा साउनी बोहराले भने “ अहिले भने अलिअलि आउन लागेको भए पनि हामीले प्रहरी देखेकै थिएनौँ तर पनि प्रहरी हामी जसा हुदाँ रहेछन् ।”

त्यस्तै अर्का युवा वर्षीय सौरे बोहराले भने “प्रहरी हामीभन्दा फरक हँुदा हुन् भनी सोचेको थिएँ, हामी जस्तै हुँदारैछन् ।”

प्रहरीको टोली गाउँमा पुगेपछि लुकेका स्थानीयवासी केही समयपछि सबै प्रहरी भएको ठाउँ वरिपरि जम्मा भए । उनीहरुले हामीलाई सबै कुरा भने । अब तपाईंहरु निरन्तर हाम्रो गाउँ आउनुहोला भनेर स्थानीयवासीले स्वागतसमेत गरेको प्रहरी हबल्दार भण्डारीले बताए ।

जिल्लाको सानो गाउँ हो अन्द्राडी । त्यहाँ स्थानीय सरकार गठन भएपछि मात्र गैरसकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधि जान थालेको स्थानीयवासी धनबहादुर रोकायाले बताए ।

हामी गौमुल गाउँपालिकाकाकै विकट वडाका रुपमा छौँ । पहिले न नेता आउथे न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी नै, जब देश सङ्घीयतामा गयो तब आफ्नो गाउँ अन्द्राडीमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी अनि प्रहरी आएकोे उनले बताए ।“अन्द्राडीे निकै विकट र पिछडिएको वडाका रुपमा रहेको छ । यहाँ न टेलिफोन लाग्छ, नत रेडियो नै बज्छ, हामी सूचनाबाट समेत बाहिर छौँ ।” रोकायको गुनासो थियो ।

वि.सं.२०७५ पुस २८ शनिवार १०:२१ मा प्रकाशित

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...