२८ पुस, नेपाल सरकारले हालै सार्वजिनक गरेको नयाँ मर्यादाक्रममा सिडीओ भन्दा गाउँपालिका अध्यक्षलाई अगाडि राखेपछि कर्मचारीहरुले आपत्ति जनाएका छन् ।
खासगरी निर्वाचित जनप्रतिनिधिद्धारा मर्यादाक्रममा गुनासो आएपछि सरकारले मर्यादाक्रममा हेरफेर गरेको थियो । नयाँ मर्यादाक्रमको १५ औँ नम्बरमा सिडीओ भन्दा गाउँपालिका अध्यक्षलाई अगाडि राखिएको छ ।
यस सम्बन्धमा लामो समय प्रमुख जिल्ला अधिकारी रहँदै आएका एक सिडीओले संसारन्युजसँग भने, ‘यस्तै हो भने, हामीलाई काम गर्ने मनोबल हुँदैन् ।
नयाँ ब्यबस्था अन्सार पहिलो मर्यादाक्रममा राष्ट्रपति र क्रमश दोस्रो उपराष्ट्रपति, तेस्रो प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष रहेका छन । यसैगरी पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पस्र्व उपराष्ट्रपति, पुर्व प्रधानमन्त्री र मन्त्रिपरिषदका पुर्व अध्यक्ष पाँचौमा रहेका छन् ।
मर्यादाक्रमको छैठौमा प्रदेश प्रमुख (आफ्नो प्रदेशभित्र) रहेका छन भने सातौमा नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री (आफ्नो प्रदेशभित्र), प्रदेश प्रमुख (आफ्नो प्रदेश बाहिर), प्रतिनिधिसभाका विपक्षी दलका नेता, नेपाल रत्न ..पाउने महानुभावहरु, प्रदेश सरकारका मुख्यमन्त्री (आफ्नो प्रदेश बाहिर), पूर्व प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलका उपनेता, ब्यवस्थापिका संसदका पूर्व सभामुख, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष, नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री र नेपाल सरकारका पूर्वमन्त्री रहेका छन् ।
यसैगरी आठौ मर्यादाक्रममा नेपाल सरकारका राज्यमन्त्री, प्रतिनिधिसभाका मुख्य सचेतक (सत्ता पक्षको), प्रतिनिधिसभाका प्रमुख सचेतक (विपक्षी दलको), प्रतिनिधिसभाका विभिन्न समितिका सभापति, राष्ट्रियसभाका विभिन्न समितिका सभापति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानीक निकायका प्रमुख, महान्यायाधिबक्ता, राष्ट्रियसभामा सत्तापक्षको नेता, राष्ट्रियसभामा सत्तापक्षको मुख्य सचेतक, राष्ट्रिसभामा विपक्षी दलको नेता, राष्ट्रियसभामा विपक्षी दलको प्रमुख सचेतक र प्रदेश सभाका सभामुख रहेका छन् ।
मर्यादाक्रमको नवौ नम्बरमा नेपाल सरकारका सहायक मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका उप–सभामुख, प्रदेश सभाका विभन्न समितिका सभापति, काठमाडौ महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य, पूर्वसांसद, नेपाल सरकारका मुख्यसचिव र प्रधानसेनापति रहेका छन भने प्रदेश सरकारका सहायक मन्त्री, प्रदेश सभाका सचेतक, प्रदेश सभाका सदस्य, महानगरपालिकाका प्रमुख (काठमाडौ महानगरपालिका बाहेक) र जिल्ला समन्वय समितिका प्रमुखलाइ दशौ मर्यादाक्रममा राखिएको छ ।
यसैगरी संवैधानिक निकायका सदस्य तथा आयुक्त, न्यायपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य, संघीय संसदका महासचिव, सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार, उच्च अदालतका मुख्यन्यायाधीश, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति र विश्वविद्यालयका उपकुलपतिलाई एघारौै तथा नेपाल सरकारका सचिव एवं विशिष्ट श्रेणीका अधिकृत, राष्ट्र गौरब पाउने महानुभावहरु, नेपाली राजदूत,नेपालस्थित बिदेशी राजदूत, सार्कका महासचिव, रथी, प्रहरी महानिरीक्षक, शसस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), सर्वोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता,उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, उपमहानगरपालिकाका प्रमुख र काठमाडौ महानगरपालिका उपप्रमुख बाहौ मर्यादाक्रममा राखिएको छ ।
मर्यादाक्रमको तेहौमा उच्च अदालतका न्यायाधीश र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक छन भने चौधौेमा प्रदेश लोकसेवा आयोगका अध्यक्ष, नगरपालिकाका प्रमुख, उपरथी, प्रहरी अतिरीक्त महारिक्षक, शसस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक,राष्टिय अनसन्धान बिभागका अतिरीक्त मुख्य अनुसन्धान निर्देशक र प्रदेश लोक सेवा आयोगका सदस्य रहेका छन । जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सहसचिव र राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत, जिल्ला न्यायाधीश, प्रदेश सरकारका सचिव, प्रमुख जिल्ला अधिकारी (राजपत्राङ्कित प्रथम श्रेणी) र विश्वविद्यालयका सहप्राध्यापकलाई पन्धै मर्यादाक्रममा राखिएको छ ।
यसैगरी सहायकरथी, प्रहरी नायव महानिरीक्षक, शसस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, नेपालस्थित विदेशी कन्सुल जनरल, महासेनानी, प्रहरी वरीष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका अधिकृत, प्रमुख जिल्ला अधिकारी (राजपत्राङ्कित द्धितीय श्रेणी), सार्वजनिक संस्थानका प्रमुख एवं कार्यकारी र गाउँपालिकाका उपाध्यक्ष मर्यादाक्रमको सोहौ नम्बरमा राखिएको छ भने नेपाल सरकारका उपसचिव वा सो सरहका अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक,सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक र विश्वविद्यालयका उपप्राध्यापकहरु सत्रौ मर्यादाक्रममा राखिएका छन् ।
मर्यादाक्रमको अठारौमा सेनानी, प्रहरी नायब उपरीक्षक,सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत र प्रदेश सरकार तथा स्थानीय तहका राजपत्राङ्कित द्धितीय श्रेणी वा सोसरहका अधिकृत छन भने नेपाल सरकारका शाखा अधिकृत वा सो सरहका अधिकृत, सहसेनानी र विश्वबिद्यालयका सहायक प्राध्यापकहरु उन्नाइसौ मर्यादाक्रममा रहेका छन ।
यसैगरी प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत र उपसेनानीलाइ बिसौंमा राखिएको छ भने प्रदेश सरकार तथा स्थानीय तहका राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका अधिकृत र सहायक सेनानीलाइ एक्काइसौ मर्यादाक्रममा राखिएको छ ।
पदाधिकारीका पति वा पत्निलाई आमन्त्रण गरिएको औपचारिक समारोहमा सम्बन्धीत पदाधिकारीको मर्यादाक्रमअनुसार नै कायम हुने जनाइएको छ ।
वि.सं.२०७५ पुस २८ शनिवार ११:०८ मा प्रकाशित