back
CTIZAN AD

राष्ट्रिय पुस्तक नीति बनाउन पहल गर्छु-अध्यक्ष दाहाल

वि.सं.२०७५ पुस २८ शनिवार

888 

shares
 

२८ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताएका छन् ।

पुस्तक प्रकाशन, छपाइ, वितरण तथा अध्ययनका लागि समेत एउटा फराकिलो सोचसहितको नीति जरुरी रहेको बताए । त्यसका लागि राज्यले नै विशेष पहल गर्नुपर्दछ । विगतमा पनि त्यस्तो नीति ल्याउने प्रयास भएको भए पनि सार्थकता नपाएको अवस्था थियो । अब भने एकीकृत नीति बनाउन मेरोतर्फबाट पहल हुन्छ । सरकारले आवश्यक नीतिको तयारी गर्दछ अध्यक्ष दाहालले भने ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले पुस्तक कसरी छाप्ने, कसरी वितरण गर्ने स्म्बन्धमा एकीकृत र केन्द्रित नीति हुनु राज्यको सर्वाधिक चासोको विषय बन्नुपर्ने बताए ।

पुस्तक आयात गर्दा भन्सार शुल्क तिर्नु नपर्ने भए पनि छपाईका सामग्री आयात गर्दा बढी कर तिर्नुपर्ने अवस्था रहेकोतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए ।

विगतमा भृकुटी कागज कारखानाले पुस्तक छपाइका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन गर्ने गरेको तथ्य पेश गर्दै उनले सो कारखानाको निजीकरण पछि पुस्तक तथा स्टेशनरी व्यवसायमा समस्या आएको र परनिर्भताको दिशामा गएको हो उनले भने ।

निजी क्षेत्रलाई प्रोत्साहन नगरिकन आर्थिक समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने भन्दै उनले भने, “बिरालो सेतो होस् कि कालो त्यसले कुनै अर्थ राख्दैन, मुख्य विषय त्यसले मुसा मार्छ कि मार्दैन भन्नेतर्फ हेर्नुपर्दछ ।” निजी क्षेत्रलाई प्रोत्साहन र सहकार्य नगरिकन समृद्धि सम्भव नभएकाले पनि राज्यले लिएको सार्वजनिक, निजी, सहकारीलाई समानरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

जनताले कम्युनिष्ट, काङ्ग्रेस भनेर नछुट्याउने भएकाले विकास, समृद्धि दियो कि दिएन र आफ्नो जीवनमा सकारात्मक परिवर्तन भयो कि भएन भन्ने आधारमा सरकार र पार्टीको मूल्याङ्कन गर्ने उनले स्पष्ट पारे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पठन संस्कृतिको विकास र विस्तारमा पुस्तक व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको विकास र विस्तारका लागि आफ्नो पार्टीले विगतदेखि नै सकारात्मक प्रयास गरेको भन्दै आगामी दिनमा पनि त्यस्तो प्रयास कायम रहिरहने उल्लेख गरे ।

आइतबारसम्म चल्ने अधिवेशनले महासङ्घको नयाँ नेतृत्व चयन गर्दै काठमाडौँ घोषणापत्रसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी दिइयो ।

वि.सं.२०७५ पुस २८ शनिवार १५:३९ मा प्रकाशित

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...