
२९ पुस काठमाडौ । उपत्यकामा गाडी दुर्घटना बढेको छ । यसमा चालकको लापरबाही मुख्य रहेको ट्राफिकको दाबी छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साउनदेखी मंसिरसम्म ३ हजार ७ सय ५७ दुर्घटना भएका छन् । उक्त अवधिमा १ सय ४ जनाले ज्यान गुमाएका छन् ।
साउनमा ७ सय ९६ दुर्घटना भएकोमा भदौमा ८ सय ९५ पुग्यो । साउनमा २३ रभदौमा १४ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । असोजमा ८ सय ८ र कात्तिकमा ६ सय २ वटा दुर्घटना भए । असोजमा २८ र कात्तिकमा १६ जनाले ज्यान गुमाए । मंसिरमा भने कात्तिकको तुलनामा धेरै अर्थात् ६ सय ५६ दुर्घटना भएका थिए । २३ जनाले ज्यान गुमाए ।
महाशाखा प्रमुख वसन्तकुमार पन्तले चालकको लापरबाहीसँगै सडक प्रयोगकर्तामा असमझदारीले दुर्घटना बढेको बताए । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २९ आइतवार ०८:५४ मा प्रकाशित