back
CTIZAN AD

अधुरो यात्रा

वि.सं.२०७३ कात्तिक १० बुधवार

2.5K 

shares

laxman-adhikari

ओढेर घुम्टो निदरीमा आऊ,
समिप बसेर तिमी मुस्कुराऊ
विस्तारै घुम्टो म उठाउँला
लजाई थोरै नजर मिलाउँला ।

अँधेरी छ रात सुस्तरी आऊ
हेर्दै जुनकिरी राख तिम्रो पाउ
आउ न प्रिय तिमी फेरि आऊ
एक पल्ट अंगालो मारेर जाऊ ।

खोलेर ढोका बस्छु हृदयको
मुस्कान तिमीलाई मेरो अधरको
बलेर आगो रापिदैछ मनमा
घाउविनाको पीडा छ तनमा ।

लिएर आऊ तिमी छिटो डोली
चढेर आउँछु भन्थ्यौ तिमी भोली
तर आयो काल म भन्दा पहिले
जलेर चितामा खरानी अहिले ।

आएर याद व्यथा सिद्धिएन
बगेर आँसु आँखा रित्तिएन
बग्दै खरानी पुग्यो अहिले कहाँ
आऊँ कसरी खोज्दै म त्यहाँ ?

सुहाग तिम्रो त्यो रात मेरो
रहने भो अव सधैँ अधुरो
बनेर ज्युँदो म लास यता
तड्पेको आत्मा तिमी कता कता

आउ न प्रिय सपनीमा आऊ
मायाको प्यास मेटेर जाऊ
दुलहीको श्रृङ्गार चौवन्दि लाऊ
खाली त्यो सिउँदो भरेर जाऊ ।
ओढेर घुम्टो निदरीमा आऊ,
समिप बसेर तिमी मुस्कुराऊ ।

 

वि.सं.२०७३ कात्तिक १० बुधवार १०:३६ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...