back
CTIZAN AD

अधुरो यात्रा

वि.सं.२०७३ कात्तिक १० बुधवार

2.5K 

shares

laxman-adhikari

ओढेर घुम्टो निदरीमा आऊ,
समिप बसेर तिमी मुस्कुराऊ
विस्तारै घुम्टो म उठाउँला
लजाई थोरै नजर मिलाउँला ।

अँधेरी छ रात सुस्तरी आऊ
हेर्दै जुनकिरी राख तिम्रो पाउ
आउ न प्रिय तिमी फेरि आऊ
एक पल्ट अंगालो मारेर जाऊ ।

खोलेर ढोका बस्छु हृदयको
मुस्कान तिमीलाई मेरो अधरको
बलेर आगो रापिदैछ मनमा
घाउविनाको पीडा छ तनमा ।

लिएर आऊ तिमी छिटो डोली
चढेर आउँछु भन्थ्यौ तिमी भोली
तर आयो काल म भन्दा पहिले
जलेर चितामा खरानी अहिले ।

आएर याद व्यथा सिद्धिएन
बगेर आँसु आँखा रित्तिएन
बग्दै खरानी पुग्यो अहिले कहाँ
आऊँ कसरी खोज्दै म त्यहाँ ?

सुहाग तिम्रो त्यो रात मेरो
रहने भो अव सधैँ अधुरो
बनेर ज्युँदो म लास यता
तड्पेको आत्मा तिमी कता कता

आउ न प्रिय सपनीमा आऊ
मायाको प्यास मेटेर जाऊ
दुलहीको श्रृङ्गार चौवन्दि लाऊ
खाली त्यो सिउँदो भरेर जाऊ ।
ओढेर घुम्टो निदरीमा आऊ,
समिप बसेर तिमी मुस्कुराऊ ।

 

वि.सं.२०७३ कात्तिक १० बुधवार १०:३६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...

कविता : मान्छे बनोस् कामना

कविता : मान्छे बनोस् कामना

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल - भारत आगामा जल प्राण...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

कविता : वृत्त महिमा

कविता : वृत्त महिमा

हृषीकेश बराल पोखरा -२६ , कास्की भाषा चल्छन्,गति यति लिई,अर्थ...

कविता : आमा नरोउन् अब

कविता : आमा नरोउन् अब

रामशरण न्यौपाने “पाँचघरे” भक्तपुर आमा हुन् घरकी दियो प्रखर जो...