३० पुस काठमाडौ । काठमाडौ महानगरपालिकाले ६१ वटा नयाँ स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने गृहकार्य अघि बढाएको छ । राजधानीको सार्वजनिक स्थलहरुमा मानिसहरुको चाप अत्यधिक हुने भएकाले महानगरले ६१ स्मार्ट शौचालय थप्ने गृहकार्य हघि बढाएको हो ।
हल महानगरको विभिन्न स्थलहरुमा ५७ सार्वजनिक शौचालय स्थापना गरिएको छ । तर, तीमध्ये कुनै पनि स्मार्ट र आधुनिक छैनन् । यी सार्वजनिक शौचालय सडक छेउ, बस पार्क, धार्मीक स्थल र आकाशे पुलमुनी स्थापित छन् जहाँ सर्वसाधारणले शौच गरेबापत २ देखि १० रुपैयाँसम्म तिनुपर्छ ।
काठमाडौ महानगरपालिकाका सहरी योजना आयोग सदस्यबिच तथा योजनाविद् सरोज बस्नेतका अनुसार स्मार्ट शौचालय इन्टरनेट सुविधाले सुसज्जित हुनेछ । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस ३० सोमवार ०७:५७ मा प्रकाशित