back
CTIZAN AD

आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै सचिव कुटे मन्त्रीले

वि.सं.२०७५ पुस २९ आइतवार

771 

shares

२९ पुस, जनकपुर । प्रदेश २ का आर्थिक मामिल तथा योजनामन्त्री विजय कुमार यादवले आफ्नै सचिवमाथि कुटपिट गरेका छन् ।

मन्त्री यादवले उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरिएको बताइएको छ ।

मन्त्री यादवले संघीय सरकारको सर्शत अनुदान अन्तर्गतको गरिबी निवारण उद्यम कार्यक्रमका लागि आफ्नो एनजिओलाई छनौट नगरेका कारण आफूमाथि कुटपिट गरेको सचिव यादवले बताएका छन् ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि विरोध स्वरुप मन्त्रालयका कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएको बताइएको छ । मन्त्री यादवको एनजीओको नाम भने खुलाइएको छैन । कुटाइ खाएका सचिवलाइ प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
सचिव झा ले आफूमाथि कुटपिट भएो विषयमा बताउँदा संघीय सरकारको संघीय सरकारको सर्शत अनुदान अन्तर्गत एक जिल्लामा दुईवटा एनजिओ छनौट गर्नुपर्ने कार्यक्रम रहेको र त्यसका लागि मन्त्रालयले ४८ वटा आशयपत्र आव्हान गरेर १९३ वटा एनजिओ परेको र ती एनजीओलाई आफै बसेर मुल्यांकन गर्न लगाएको पनि उनले बताएका छन् ।

‘उहाँहरुले अरु पनि दुई तीनवटालाई भन्नुभएको थियो, मैले गर्छु भनेको थिएन । मलाई थाहा थियो म निश्पक्ष गरेको थिए । तपाइहरु मेडियालाई पनि म देखाउन चाहान्छु । त्यसमा उचित मुल्यांकनभएको छ । उहाँको एउटा एनजीओ पैसा बुझिसक्नु चाहि पर्दै परेन ।’ झाले संचारमाध्यमसँगै कुरा गर्दै भने, ‘मैले पैसा बुझिसकेको छु तपाइले तिर्नुस् पैसा भन्नु भयो । मैले भने, तपाइले पैसा बुझेको मैले किन तिर्ने भन्ने बित्तिकै चड्कन लगाउन थाल्नु भयो ।’

वि.सं.२०७५ पुस २९ आइतवार १८:२५ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...