back
CTIZAN AD

तीथालुले भरिए धार्मिक पीठ

वि.सं.२०७५ पुस ३० सोमवार

837 

shares

३० पुस, तुलसीपुर ।  जिल्लाका फरक ‘विश्वास’ बोकेका बाह्रकुने दह र देउखुरीको बगरबाबा रिहार र छिमेकी जिल्ला प्युठानको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल स्वर्गद्धारीसम्म जाने आन्तरिक र बाह्र पर्यटक बढेका छन् ।

गुण्टा कुम्ला बोकी तीर्थ निस्केकाको भिडले सडकै भरिएको छ । पर्यटक लेखेका नेपाली नम्वर र भारतीय गाडीको समेत यहाँ बाक्लो उपस्थिति देखिएको छ । सडकदेखि मुख्य बजार र तीर्थस्थलमा घुइँचो लागेको छ । आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत भक्तजन दर्शन र मनोकांक्षा पूरा गर्न आएका छन् । उनीहरूले माघे सङ्क्रान्तिमा दह र रिहारमा धार्मिक तिर्थाटन गर्ने गरेका छन् भने धेरै भारतीय पर्यटकका लागि अहिले स्वर्गद्धारी प्रमुख धार्मिक रोजाइको पीठ बनेको छ ।

विशेष गरेर दाङका विभिन्न तीर्थस्थलमा आजदेखि माघ १ गतेसम्म भक्तजन र सर्वसाधारणको भीड लाग्ने गरेको छ । बाह्रकुने दहमा भेडा, कुखुराको बलि दिनेको पनि भीड लाग्ने गरेको छ ।

रिहारको दहमा तातोपानी रहेकाले तातोपानीमा नुहाउदा चर्म रोग निको हुने विश्वासका कारण पनि धेरै भारतीय पर्यटक त्यहाँ आउने गरेका छन् । माघे सङ्क्रान्तिमा लाखौँले रिहारको तातोपानी र दहमा स्नान गर्दै आएको स्थानीय समाजसेवी रेशमबहादुर खड्काले बताउनुभयो । बराह मन्दिर व्यवस्थापन समितिका अनुसार सयौँ दर्शनार्थीले मन्दिर र तालको दर्शन गर्छन् ।

त्यो मन्दिरमा चिच्याएर भाकल गर्ने विश्वास छ र त्योअनुसार नै भाकल गर्ने चलन छ । रिहारमा बगर बाबा, ब्राह, शिव मन्दिर र तातो पानीको कुण्ड छ । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने र चमर रोग निको हुने धार्मिक विश्वास छ ।

वि.सं.२०७५ पुस ३० सोमवार ११:०८ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...