back
CTIZAN AD

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

वि.सं.२०७५ माघ ३ बिहीवार

933 

shares

३ माघ, राजविराज । धर्मी हल्फा महिला विकास क्लबले एक जना अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ । क्लबले सप्तरीको महदेवा गाउँपालिका–१ बल्थी निवासी मणिलाल गोइत यादवलाई सहयोग गरेको हो ।

यादवको घरमै गएर क्लबका अध्यक्ष एवं समाजसेवी इञ्जिनीयर सूर्यनारायण यादवले मणिलाललाई एक थान थाल, एक थान गिलास, एक थान तन्ना र एक थान धोती लगायतका सामग्री प्रदान गरेका थिए ।

तीस हजारको आँखा उपचार

आँखा उपचार केन्द्र राजविराजमा ३० हजार ५६७ को आँखा जाँच गरिएकोे छ । कार्यालय प्रमुख रामकुमार झाले राजविराज नगरपालिका–९ स्थित मलेठमा रहेको सगरमाथा चौधरी आँखा उपचार केन्द्रमा सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्मको एक वर्षसम्ममा करीब त्यति सङ्ख्यामा आँखा जाँच गराएकोे जानकारी दिए । उनले ती मध्ये दुई हजार ७५८ मा मोतियाविन्दु फेला परेको बताए ।

उनका अनुसार सन २०१८ भित्रमा करीब ८९९ को शल्यक्रिया भएको थियो । करीब २० बेडको उक्त अस्पतालमा अहिले दैनिक १५० देखि २०० सम्म आँखा जाँचका लागि बिरामी आउने गरेको कार्यालय प्रमख झाले जानकारी दिए ।

दुई चिकित्सकसहित नौ कर्मचारी रहेको आँखा अस्पतालमा अहिले ८० प्रतिशत नेपाली र २० प्रतिशत छिमेकी मुलुक भारतबाट आँखा उपचारका लागि बिरामी आउने गरेका छन् ।

आँखा अस्पतालमा दृष्टिदोष, नानीमा लाग्ने रोग मोतियाविन्दु र अन्य भिटामीन ‘ए’ को कमी, अन्धोपन, आँखामा चोटपटक लागेका बिरामी आउने गरेको बताउँदै यहाँ हप्ताको शुक्रबार एक दिन शल्यक्रियासमेत गरिने गरेको उनले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष पनि आँखा उपचार गर्ने बिरामीको सङ्ख्यामा बृद्धि हुनुका साथै आँखा शल्यक्रियाको बिरामी बढेपछि यो अस्पताललाई तत्काल सुविधासम्पन्न ५० श्ययाको बनाउनुपर्ने आवश्यकता रहेकाले सरकारी निकाय, स्थानीय तह तथा सरोकारवालालाई कार्यालय प्रमुखसहित स्थानीयवासीले माग गरेका छन् ।

गत वर्ष सन् २०१७ मा २६ हजार ४९६ बिरामीको आँखा उपचार गरिएको थियो भने ७१३ बिरामीको शल्यक्रिया गरिएको थियो । उपचार गरेकामध्ये दुई हजार ६८० मा मोतियाविन्दु फेला परेको थियो ।

वि.सं.२०७५ माघ ३ बिहीवार १२:३४ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...