back

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

वि.सं.२०७५ माघ ३ बिहीवार

573 

shares
GLOBAL IME AD
NTC AD

३ माघ, राजविराज । धर्मी हल्फा महिला विकास क्लबले एक जना अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ । क्लबले सप्तरीको महदेवा गाउँपालिका–१ बल्थी निवासी मणिलाल गोइत यादवलाई सहयोग गरेको हो ।

यादवको घरमै गएर क्लबका अध्यक्ष एवं समाजसेवी इञ्जिनीयर सूर्यनारायण यादवले मणिलाललाई एक थान थाल, एक थान गिलास, एक थान तन्ना र एक थान धोती लगायतका सामग्री प्रदान गरेका थिए ।

तीस हजारको आँखा उपचार

आँखा उपचार केन्द्र राजविराजमा ३० हजार ५६७ को आँखा जाँच गरिएकोे छ । कार्यालय प्रमुख रामकुमार झाले राजविराज नगरपालिका–९ स्थित मलेठमा रहेको सगरमाथा चौधरी आँखा उपचार केन्द्रमा सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्मको एक वर्षसम्ममा करीब त्यति सङ्ख्यामा आँखा जाँच गराएकोे जानकारी दिए । उनले ती मध्ये दुई हजार ७५८ मा मोतियाविन्दु फेला परेको बताए ।

उनका अनुसार सन २०१८ भित्रमा करीब ८९९ को शल्यक्रिया भएको थियो । करीब २० बेडको उक्त अस्पतालमा अहिले दैनिक १५० देखि २०० सम्म आँखा जाँचका लागि बिरामी आउने गरेको कार्यालय प्रमख झाले जानकारी दिए ।

दुई चिकित्सकसहित नौ कर्मचारी रहेको आँखा अस्पतालमा अहिले ८० प्रतिशत नेपाली र २० प्रतिशत छिमेकी मुलुक भारतबाट आँखा उपचारका लागि बिरामी आउने गरेका छन् ।

आँखा अस्पतालमा दृष्टिदोष, नानीमा लाग्ने रोग मोतियाविन्दु र अन्य भिटामीन ‘ए’ को कमी, अन्धोपन, आँखामा चोटपटक लागेका बिरामी आउने गरेको बताउँदै यहाँ हप्ताको शुक्रबार एक दिन शल्यक्रियासमेत गरिने गरेको उनले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष पनि आँखा उपचार गर्ने बिरामीको सङ्ख्यामा बृद्धि हुनुका साथै आँखा शल्यक्रियाको बिरामी बढेपछि यो अस्पताललाई तत्काल सुविधासम्पन्न ५० श्ययाको बनाउनुपर्ने आवश्यकता रहेकाले सरकारी निकाय, स्थानीय तह तथा सरोकारवालालाई कार्यालय प्रमुखसहित स्थानीयवासीले माग गरेका छन् ।

गत वर्ष सन् २०१७ मा २६ हजार ४९६ बिरामीको आँखा उपचार गरिएको थियो भने ७१३ बिरामीको शल्यक्रिया गरिएको थियो । उपचार गरेकामध्ये दुई हजार ६८० मा मोतियाविन्दु फेला परेको थियो ।

वि.सं.२०७५ माघ ३ बिहीवार १२:३४ मा प्रकाशित

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...