back
CTIZAN AD

राजकुमार फिलिप गाडी दुर्घटनामा, सकुशल उद्धार

वि.सं.२०७५ माघ ५ शनिवार

807 

shares

५ माघ, लण्डन, बेलायत ।  उमेरले झण्डै सय बर्षको हाराहारीमा पुगेका राजकूमार फिलिपले ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्ने गरिरहेको बताउँदा अचम्म लाग्न सक्छ तर उहाँले अझै पनि गाडी चलाउछन् ।

ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षका भए । उनले गाडी हाँक्न छोडेका छैनन् ।

बिहीवार उनले चलाइरहेको ल्यान्ड रोभर गाडी क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको बकिङ्घम दरबारले जनाएको छ ।

दुर्घटनामा उनलाई कुनै चोटपटक लागेन तर घटनापछि उनी निकै आत्तिएको भने बताइएको छ ।

स्थानीय समय दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्वे बाट निकाल्दै ए १४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो । अकस्मात उनको जीप अर्को किया कारसँग ठोकिन पुग्यो । घटनामा कारमा रहेका दुई महिलालाई सामान्य चोट लागेको तर उनीहरूलाई तत्काल अस्पतालमा उपचारपछि घर पठाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएपछि केही मानिसले उनलाई कारबाट निकाले ।

“कारबाट उद्धार गर्दा राजकुमारले होस गुमाउनुभएको थिएन तर निकै त्रसित अवस्थामा थिए, ”प्रत्यक्ष्यदर्शीले बताए ।

स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो । तर परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन गरेका थिएनन् ।

आफैँ गाडी नहाँक्न दिइएका सुझाव उनले पटक्कै स्वीकारेका थिएनन् ।  तर यो घटनाले उनलाई झस्काएको हुनुपर्छ ।

राजकुमार फिलिपले सन् २०१७ को अगस्ट महिनामा सार्वजनिक जीवनबाट अवकाश लिएका थिए । दुर्घटनापछि सामाजिक सञ्जालमा विश्वभरबाट वयोवृद्ध व्यक्तिले गाडी नचलाउनु नै राम्रो हुने सुझाबसहित आफ्ना विचार व्यक्त गरेका छन् । तर उक्त विचारसहित कम उमेरका व्यक्तिलाई गाडी चलाउँन दिने कुरालाई गलत नै भनिएको छ ।

मोटरिङ एसोसियसनका अध्यक्ष एडमण्ड किङले भने, “नयाँ चालकका कारण सडक दुर्घटना बढी हुने गरेका छन् ।”

“यदि सवारी चालकको उमेरलाई लक्षित गरी नयाँ कानून बनाइन्छ भने पहिले बुढो चालकलाईभन्दा कम उमेर (नयाँ चालक) माथि कडाई गरिनुपर्छ ।”
“पाका चालकले सडकको अवस्था हेरेर उनीहरूको सवारीलाई आफैँ नियन्त्रण गर्छन् । उनीहरूलाई रातिमा गाडी नचलाउन र परिचित सडकहरूमा मात्र गाडी चलाउन सल्लाह दिनु राम्रो हो ।”

वि.सं.२०७५ माघ ५ शनिवार ०९:२८ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...