back
CTIZAN AD

इयूद्वारा अमेरिकासँग ‘सीमित’ व्यापार सम्झौता गर्ने योजना

वि.सं.२०७५ माघ ५ शनिवार

663 

shares

५ माघ, ब्रसेल्स, बेल्जियम । यूरोपेली यूनियन (इयू)ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने उसको वार्ता योजना शुक्रबार सार्वजनिक गरेको छ । इयूको यो योजना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको व्यापार युद्धलाई जोगाउने प्रयास भएको विश्लेषकहरूले बताएका छन् ।

स्टील र आल्युमिनियमको आयातमा घोषणा गरेको कर वृद्धिपछि गरिएको ट्रान्सएटलान्टिक सम्झौतालाई जोगाउने पहलका रूपमा पनि बताइएको छ ।

उक्त प्रयासलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा यूरोपेली कार आयातमा करवृद्धि गर्नबाट जोगाउने पहलका रूपलमा पनि बताइएको छ । यसले अमेरिकामा कारको अत्यधिक निर्यात गर्ने यूरोपेली मुलुक खास गरी जर्मनीलाई राहत हुने बताइएको छ ।

इयू व्यापार आयुक्त सेसिलिया मालस्ट्रोमले सञ्चारकर्मीसँग भने, “यो परम्परागत व्यापार सम्झौता होइन । यो सीमित तर महत्वपूर्ण प्रस्ताव हो जुन औद्योगिक सामानमा लगाइने करबारे मात्र हो ।”

अमेरिकाले गत हप्ता वार्ताको एजेन्डामा कृषि उत्पादनलाई पनि सम्लग्न गर्ने योजना सार्वजनिक गरेपछि प्रक्रिया एउटा चट्टानी शुरूवातका रूपमा देखिएको छ । अमेरिकी प्रस्तावले यूरोपेलीलाई अघि बढ्न समस्या हुने अनुमान गरिएको थियो ।

मालस्ट्रोमले बताए “वार्ता कृषि करलाई घटाउने प्रस्तावका लागि नभएको जनाउँदै उक्त क्षेत्रलाई अहिले सम्झौताको बिषयभन्दा बाहिर राखेका छौँ ।”

अमेरिकाले प्रस्तुत गरेको १७ पेज लामो प्रस्तावमा इयूले अस्वीकार गर्ने बताइएका अन्य माग तथा कर वृद्धिसमेत रहेका छन् । यूरोपद्वारा वैदेशिक विनिमय दरलाई तोडमोड गर्न रोक्नुपर्ने अमेरिकी प्रस्ताव छ ।

बेलायतको बहिर्गमन प्रक्रियाबारे वार्ता अनिर्णित नै रहेका समय इयूले अमेरिकासँगको वार्तालाई अघि बढाउन लागेको हो ।

वि.सं.२०७५ माघ ५ शनिवार ०९:२१ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...