back

इयूद्वारा अमेरिकासँग ‘सीमित’ व्यापार सम्झौता गर्ने योजना

वि.सं.२०७५ माघ ५ शनिवार

417 

shares
GLOBAL IME AD
NTC AD

५ माघ, ब्रसेल्स, बेल्जियम । यूरोपेली यूनियन (इयू)ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने उसको वार्ता योजना शुक्रबार सार्वजनिक गरेको छ । इयूको यो योजना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको व्यापार युद्धलाई जोगाउने प्रयास भएको विश्लेषकहरूले बताएका छन् ।

स्टील र आल्युमिनियमको आयातमा घोषणा गरेको कर वृद्धिपछि गरिएको ट्रान्सएटलान्टिक सम्झौतालाई जोगाउने पहलका रूपमा पनि बताइएको छ ।

उक्त प्रयासलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा यूरोपेली कार आयातमा करवृद्धि गर्नबाट जोगाउने पहलका रूपलमा पनि बताइएको छ । यसले अमेरिकामा कारको अत्यधिक निर्यात गर्ने यूरोपेली मुलुक खास गरी जर्मनीलाई राहत हुने बताइएको छ ।

इयू व्यापार आयुक्त सेसिलिया मालस्ट्रोमले सञ्चारकर्मीसँग भने, “यो परम्परागत व्यापार सम्झौता होइन । यो सीमित तर महत्वपूर्ण प्रस्ताव हो जुन औद्योगिक सामानमा लगाइने करबारे मात्र हो ।”

अमेरिकाले गत हप्ता वार्ताको एजेन्डामा कृषि उत्पादनलाई पनि सम्लग्न गर्ने योजना सार्वजनिक गरेपछि प्रक्रिया एउटा चट्टानी शुरूवातका रूपमा देखिएको छ । अमेरिकी प्रस्तावले यूरोपेलीलाई अघि बढ्न समस्या हुने अनुमान गरिएको थियो ।

मालस्ट्रोमले बताए “वार्ता कृषि करलाई घटाउने प्रस्तावका लागि नभएको जनाउँदै उक्त क्षेत्रलाई अहिले सम्झौताको बिषयभन्दा बाहिर राखेका छौँ ।”

अमेरिकाले प्रस्तुत गरेको १७ पेज लामो प्रस्तावमा इयूले अस्वीकार गर्ने बताइएका अन्य माग तथा कर वृद्धिसमेत रहेका छन् । यूरोपद्वारा वैदेशिक विनिमय दरलाई तोडमोड गर्न रोक्नुपर्ने अमेरिकी प्रस्ताव छ ।

बेलायतको बहिर्गमन प्रक्रियाबारे वार्ता अनिर्णित नै रहेका समय इयूले अमेरिकासँगको वार्तालाई अघि बढाउन लागेको हो ।

वि.सं.२०७५ माघ ५ शनिवार ०९:२१ मा प्रकाशित

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

बेइजिङ  । चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू...

चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

टोकियो । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले...

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन(कम्बोडिया) । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीवार कम्बोडियाको भ्रमणका लागि...

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा...

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा...