back
CTIZAN AD

चीन–अमेरिका व्यापार वार्तापछि विश्व शेयर बजारमा  वृद्धि

वि.सं.२०७५ माघ ६ आइतवार

696 

shares

६ माघ, न्यूयोर्क, संयुक्त राज्य अमेरिका ।चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ ।

अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एशियाली शेयर बजार बिहीबार निकै मजबुत देखिएका आर्थिक सुचकाङ्कले देखाएका छन् । चीन र अमेरिकाबीच केही दिन पहिले भएको व्यापार वार्ताले क्रमशः विवाद सहज बन्दै गएको सन्देशसँगै विश्व शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो ।

प्रमुख सुचकाङ्कमा एक प्रतिशत वा त्योभन्दा बढीका दरले लगातार चार दिनसम्म नाफा देखिएको वालस्ट्रिटले शुक्रबार बताएको छ ।अमेरिकी स्टक बजार (डाउ) मा डिसेम्बर २४ पछि १३ प्रतिशतको वृद्धि देखिएको छ ।

बेइजिङले विगत पाँच वर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको ब्लुमवर्गले पनि उल्लेख गरेको छ ।

अनलाइन बजारका विश्वहस्ती व्यापारीहरूको सङ्गठन (आइजी) का वरिष्ठ बजार विश्लेषक जोसुआ माहोनीले भन्नुभयो, “विश्व शेयर बजारमा यस साता आशा गरिएजस्तै व्यापक सुधारका सङ्केत देसखिएका छन् । यो चीन–अमेरिकाबीचको व्यापार विवादमा महत्वपूर्ण ‘ब्रेकथु्र’ हुने सम्भावनाले आएको सुधार हो ।”

“व्यापार सम्झौताका सम्बन्धमा देखिएको आशा नै बजार सुधारका लागि निर्धारक आधार हो,” एलबीबीडब्लुका कार्ल हेलिङले बताउनुभयो । हेलिङले भने, “त्यहाँ एक प्रकारको कालो धुवाँका सङ्केत देखिएका थिए । जहाँ धुवाँ हुन्छ त्यहाँ आगो पनि हुनु स्वभाविक हो । तर पछिल्ला दिनमा बजारमा सकारात्मक सन्देश फैलिएको छ र यसले शेयर बजारलाई थप ओरालो लाग्नबाट बचाएको छ । तत्काल केही सुधारका सङ्केत देसखिएका छन् । यो सबैका लागि खुशीको कुरा हो ।”

“ट्रम्पले अर्थतन्त्र कमजोर बन्दै गएको र अमेरिका बन्दको अवस्थालाई महशुस गरेजस्तो देखिएको छ । उनले यसमा आफ्नो जीतलाई पुष्टि गर्न केही गर्ने देखिएको छ ।” तर केही विश्लेषकहरूले व्यापार विवाद साम्य भै हाल्नेमा संशय व्यक्त गरेका छन् । उनीहरूले अझै धेरै बिषयमा सहमतिदेखि धेरै टाढा रहेको बताएका छन् । उनीहरूले बौद्धिक सम्पत्ती चारीसम्बन्धी अमेरिकाको दावीलाई चीनले सम्बोधन गरिहाल्ने नदेखिएको बताएका छन् । किनकि अमेरिकाले लगाएको उक्त आरोपलाई खुलारूपमा चीनले खण्डन गर्दै आएको छ ।

मुद्रा बजारसम्बन्धमा बेलायती मुद्रा कमजोर देखिएको छ । बेलायतले विनासम्झौता यूरोपेली संघबाट बाहिरिने हल्लाले बेलायती मुद्रा केही कमजोर देखिएको हो ।

बेलायती प्रधानमन्त्री टरिजा मे ले गरेको बृहत् ब्रेक्जिट योजनालाई सांसदहरूले विफल पारेका छन् तर प्रधानमन्त्रीले सोमबारसम्म अन्तरपार्टी छलफलका लागि नै दोस्रो योजना ल्याउने बताइएको छ । यदि उक्त योजनाले काम नगरेमा मार्चमा हुने भनिएको बेलायतको बहिर्गमन पछि धकेलिने छ र यसले प्रधानमन्त्रीलाई अर्को सम्झौता गर्नका लागि समय दिनेछ वा अर्को जनमतसङ्ग्रहको बाटो तय गर्नेछ ।

चीन–अमेरिकाबीचको व्यापार वार्ताको सकारात्मक सन्देश र तेल निर्यात राष्ट्रहरूले गरेको तेलको उत्पादनमा कटौतिले कच्चा इन्धनको मूल्यमा वृद्धि देखिएको छ ।
अमेरिकी कम्पनीहरूको शेयरमा चीनसँगको कारोबारसँगै नाफातर्फ देखिएका छन् । डाउका

सदस्यहरू वोइङ, क्याटरपिलर र नाइकमा सुधारको सङ्केत देखिएको छ । तर अमेरिकी कम्पनी तेस्ला मोटर्सको कारोवारमा १३ प्रतिशतले गिरावट देखिएको छ । विद्युतीय कार निर्माण कम्पनीहरूले प्रविधिमैत्री अत्याधुनिक विद्युतीय कार बनाउने घोषणाले तेस्ला मोटर्सको आम्दानीमा ह्वात्तै गिरावट आएका हो । उक्त कम्पनीले विद्युतीय कारसँग सामना गर्नसक्ने समस्या र यसबाट हुने कमजोर आम्दानीलाई सन्तुलनमा राख्न कामदार कटौतिको घोषणा गरेको छ ।

नेटफिक्सको नाफामा विश्लेषकहरूको अनुमान विपरित चार प्रतिशतको गिरावट देखिएको छ । विश्लेषकहरूले ग्राहक सङ्ख्याको वृद्धिमा सुस्तता आउँदा नेटफिक्सको आगामी बजारप्रति विश्लेषकहरूले चिन्ता प्रकट गरेका छन् ।

वि.सं.२०७५ माघ ६ आइतवार ०९:५६ मा प्रकाशित

भारतमा आगलागी, ७ जनाको मृत्यु

भारतमा आगलागी, ७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा...

ट्रम्पको चीन भ्रमण अन्योलमा

ट्रम्पको चीन भ्रमण अन्योलमा

बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच...

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...