back
CTIZAN AD

मगर समाज फ़्रान्सले मनायो माघे संक्रान्ति

वि.सं.२०७५ माघ ८ मंगलवार

921 

shares


मगर समाज फ़्रान्सले मगरहरुको मुख्य चाड माघे संक्रान्ति पर्ब यस पटक पनी  बिशेस समारोह आयोजना गरी मनाएको छ । फ़्रान्सको राजधानी पेरिसमा बस्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका साथ सामूहिक रुपमा २० जनवरीमा भव्यताका साथ माघे संक्रानित मनाइयो । सो समारोह समाजका अध्यक्ष रमेश थापा र मुख्य अतिथी फ़्रान्सका लागी महामहिम राजदूत श्रीमती अम्बिका देबी लूईटेल मानन्धरले संयुक्त रूपमा पानसमा बत्ती बालेर समुदघाटन गरेका थिए । समाजका उपाध्यक्ष बिष्णु सारू मगरले स्वागत मन्तब्य दिदै मगर जाती र माघे संक्रान्तिको बारेमा प्रकाश पारेका थिए ।

माघे संक्रान्तिमा खाईने परिकारहरु तरुल, तिलको लड्डू, चाकु, सेल रोटी अचार सहित स्वादिस्ट भोजनको साथमा समाजकी कला संयोजक मेनुका थापाले स्थानीय भाई बैनीहरुलाई सयोजँन गरी तयार पारेको मौलिक नृत्यकला प्रस्तुत गरीरहदा आम दर्शकहरु आफु स्वदेश मैं भएको अनुभूति गरेको बताएका थिए । ।

यस पटक मगर समाज फ़्रान्सले बिगत लामो समयदेखि मातृभूमी नेपालबाट टाढा रही फ़्रान्सलाई कर्मभुमी बनाउदै आऊनु भएका श्री हरिहर अर्यालले नेपाली समुदायलाई फ़्रेंच नेपाली भाषा पुस्तक लेखेर समाजलाई लेखनका माध्यमबाट नेपाली साहित्य र संस्कृतिको संरक्षण सहितको समाज सेवाद्वारा नेपाली समुदायलाई  पुर्याउँदै आएका योगदानको उच्च कदर गर्दै बिशेस नागरिक सम्मान गरेको थियो । सो सम्मानपत्र महामहिम राजदूतले प्रदान गरेका थिए भने समाजका अध्यक्षले दोसल्ला ओढाएका थिए । साथै उपाध्यक्षले पुष्प गुच्छा प्रदान गरेका थिए । सो समयाधिभर उपस्थित सम्पूर्ण महानुभावहरु उठेर उनको सम्मानमा ताली बजाइरहेका थिए । सोही क्रममा बोल्दै गर्दा भावबिह्विल बनेका हरिहर अर्यालले जीवनको यो मोड़मा आइपुग्दा आफुले गरेको योगदानको क़दर गर्दै सम्मान गरेकोमा  मगर समाज फ़्रान्स प्रति कृत्यज्ञ हुदै हार्दिक आभार व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा स्थानीय सबै नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो साथै बिश्व मगर संघ बेल्जीयम संयोजक नेत्र थापा मगर र  बेल्जीयम मगर संघकी सचिब सुशीला रोका मगरको बिशेस उपस्थिति रहेको थियो । उक्त समारोहको मन्तब्य दिनेक्रममा महामहिम राजदूतले यस्ता कार्यक्रमहरुले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुको साथै यही जन्मी हुर्कदो पूस्ताहरुले आफ्नो मौलिक कला संस्कृतिको मूल्य मान्यता बारे जानकारी पाउने बताए । साथै समाजसेवी हरिहर अर्यालको योगदानको उच्च मूल्याँकन गर्दै उनलाई नागरिक सम्मान गरिएको थियो । समाजसेवी अर्याललेआफुलाई सम्मान गरेकोमा सार्है ख़ुसी लागेको र यस्ता कार्यले समाजमा सकारात्मक संदेश जाने भन्दै कार्यक्रमको प्रशंसा गरेका थिए ।

उक्त समारोहमा नेपालका ख्यातिप्राप्त कलाकार द्वय जुना श्रीस मगर र बीलन थापा मगरको बेजोड़ प्रस्तुतिले दर्शकहरुलाई नचाएको थियो । कार्यक्रम संचालन सुधीर राना, भुवन आले  र जीवन थापा मगरले गरेका थिए । कार्यक्रम संचालनकै क्रममा बीच बीचमा जीवन थापाको सायरीले दर्शकलाई रोमांचित बनायको थियो । कार्यक्रमको अन्तमा समाजका अध्यक्ष रमेस थापाले उपस्थित सबैलाई अनी यस समारोह सफल बनाउन दिनरात खटिने समाजका सबै सदस्यहरुलाई बिशेस धन्यबाद ज्ञापन गरेका थिए । ।

वि.सं.२०७५ माघ ८ मंगलवार १६:०१ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...