back

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल बनाइने

वि.सं.२०७५ माघ १० बिहीवार

522 

shares
GLOBAL IME AD
NTC AD

१० माघ, काठमाडौँ । सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ ।

विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले राससलाई जानकारी दिए । सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्न विश्वव्यापी बोलपत्र आह्वान गरिएको विभागले जनाएको छ ।

विभागले बोलपत्र प्रक्रियामा आगामी चैत ८ गतेसम्म सहभागी हुन सकिने गरी समयसीमा निर्धारण गरेको छ । आर्थिक तथा प्राविधिक प्रस्तावमा योग्य कम्पनीलाई छनोट गरी डिपिआर बनाउन दिइने विभागको भनाइ छ । छनोट भएका कम्पनीले उक्त मेट्रो रेलको विस्तृत सर्वेक्षण, ढाँचा र डिपिआर बनाउनुपर्नेछ ।

विभागले आह्वान गरेअनुसार आशयपत्र पेश गर्ने कम्पनीमध्ये पहिलो चरणमा प्रारम्भिक सूची छनोट गरिनेछ । छनोट भएका कम्पनीको आर्थिक र प्राविधिक प्रस्तावका आधारमा उत्कृष्ट कम्पनी छनोट गरिनेछ । सोही कम्पनीले डिपिआर तयार पार्नेछ ।

वि.सं.२०७५ माघ १० बिहीवार १८:५३ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...