back
CTIZAN AD

कागजजन्य कच्चापदार्थको आयातमा सहुलियत दिन आग्रह

वि.सं.२०७५ माघ १० बिहीवार

792 

shares

१० माघ, काठमाडौँ  । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग सङ्घले कागजजन्य कच्चापदार्थको आयातमा सहुलियत दिन सरकारसँग आग्रह गरेको छ ।

सङ्घको आज शुरु भएको प्रथम राष्ट्रिय अधिवेशन तथा १९ औँ साधारणसभामा सङ्घका अध्यक्ष सुनील गोपाल श्रेष्ठले शैक्षिक सामग्रीका लागि आवश्यक कागज नेपालमा उत्पादन नभएकाले कागजको आयातमा सरकारले लिँदै आएको १५ प्रतिशत भन्सार महसुललाई पाँच प्रतिशतमा झार्न आग्रह गरे ।

उहाँले स्वदेशी शैक्षिक सामग्री उद्योगको विकासका लागि पुस्तक–पुस्तिका आयातमा भन्सार तथा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन वा त्यसका लागि प्रयोग हुने मुख्य कर्जापदार्थ आयात गर्दा भन्सार र भ्याट छुट दिनुपर्ने बताए । सङ्घमा देशभरका ३५० शैक्षिक तथा मसलन्द सामग्री उत्पादन गर्ने उद्योगी आवद्ध छन् ।

प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शैक्षिक सामग्री उत्पादन गर्ने उद्योगले भोग्नु परेको समस्याप्रति सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उद्योगमा कार्यरत सबै श्रमिकलाई सरकारले न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

वि.सं.२०७५ माघ १० बिहीवार १८:४३ मा प्रकाशित

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...