back
CTIZAN AD

‘महाअभियोगको विषय सत्ता परिवर्तनसँग कुनै सम्बन्ध छैन’

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

909 

shares

११ कात्तिक ,बनेपा । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय सत्ता परिवर्तनसँग कुनै सम्बन्ध नभएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकबाट प्रकाशित भएको ‘चेष्टा साप्ताहिक’को २३औँ वर्ष प्रवेशको अवसरमा आज बनेपामा आयोजना भएको वार्षिकोत्सवमा उहाँले महाअभियोगको विषयमा काँग्रेसले सही समयमा सही निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अख्तियारको हाउगुजी देखाएर विकास निर्माणको कामसमेत प्रभावित हुनाका साथै विकास बजेट फ्रिज भएको तर्क गर्दै एमाले नेता ज्ञवालीले लोकमानसिंह कार्कीले लोकतन्त्रलाई नै चुनौती दिन खोजेको आरोप लगाउनुभयो ।

सचिव ज्ञवालीले संविधान कार्यान्वयनको विषय सङ्कटमा परेको उल्लेख गर्दै संविधान कार्यान्वयन हुन नदिन ठूलो षडयन्त्र भएको आशङ्का गर्नुभयो ।

उहाँले भन्नुभयो – “०७४ साल माघभित्र हुने भनिएका कुनै चुनाव पनि नहुने स्थिति आए मुलुक भयानक अराजकतातर्फ धकेलिने छ ।”

सचिव ज्ञवालीले विकास निर्माण र समृद्धिलाई पत्रकारिताले प्राथमिकता दिनुपर्ने तर्क गर्दै साना लगानीमा सञ्चालन भएका मिडियामा अनेकौँ चुनौती भएको बताउनुभयो । चेष्टा साप्ताहिकका प्रकाशक तथा सम्पादक अशोक व्याञ्जुको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०९:५१ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...