Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

‘महाअभियोगको विषय सत्ता परिवर्तनसँग कुनै सम्बन्ध छैन’



११ कात्तिक ,बनेपा । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय सत्ता परिवर्तनसँग कुनै सम्बन्ध नभएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकबाट प्रकाशित भएको ‘चेष्टा साप्ताहिक’को २३औँ वर्ष प्रवेशको अवसरमा आज बनेपामा आयोजना भएको वार्षिकोत्सवमा उहाँले महाअभियोगको विषयमा काँग्रेसले सही समयमा सही निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अख्तियारको हाउगुजी देखाएर विकास निर्माणको कामसमेत प्रभावित हुनाका साथै विकास बजेट फ्रिज भएको तर्क गर्दै एमाले नेता ज्ञवालीले लोकमानसिंह कार्कीले लोकतन्त्रलाई नै चुनौती दिन खोजेको आरोप लगाउनुभयो ।

सचिव ज्ञवालीले संविधान कार्यान्वयनको विषय सङ्कटमा परेको उल्लेख गर्दै संविधान कार्यान्वयन हुन नदिन ठूलो षडयन्त्र भएको आशङ्का गर्नुभयो ।

उहाँले भन्नुभयो – “०७४ साल माघभित्र हुने भनिएका कुनै चुनाव पनि नहुने स्थिति आए मुलुक भयानक अराजकतातर्फ धकेलिने छ ।”

सचिव ज्ञवालीले विकास निर्माण र समृद्धिलाई पत्रकारिताले प्राथमिकता दिनुपर्ने तर्क गर्दै साना लगानीमा सञ्चालन भएका मिडियामा अनेकौँ चुनौती भएको बताउनुभयो । चेष्टा साप्ताहिकका प्रकाशक तथा सम्पादक अशोक व्याञ्जुको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ