Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

‘वार्ताको माध्यमबाटै समस्या समाधान गर्नुपर्छ’



११ कात्तिक,काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको बताउनुभएको छ ।

यहाँस्थित पाकिस्तानी दूतावासमा आज आयोजित ‘जम्मुकास्मिर विवादमा मानवअधिकारको आयाम’ विषयक प्रवचन कार्यक्रममा उहाँले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको भारतले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – “संयुक्त राष्ट्रसङ्घले पारित गरेको प्रस्ताव र तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिबद्धता कार्यान्वयन हुनुपर्छ ।”

दक्षिण एसियाको स्थायित्व, विकास र शान्तिका लागि भारत र पाकिस्तानबीच मैत्री अपरिहार्य भएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, पूर्व राजदूत, प्राध्यापक तथा वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । रासस


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी