back
CTIZAN AD

भारतीय बजार खुला र सहज बनाउन जोड

वि.सं.२०७५ माघ ११ शुक्रवार

768 

shares

११ माघ, काठमाडौँ । हजारौँ वर्षदेखि रहँदै आएको नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाइनुपर्नेमा जोड दिएको छ ।
भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दुई देशबीचको सम्बन्ध असल छिमेकीका रुपमा अघि बढेको बताएका छन् ।
“यातायात, कृषि, ऊर्जा, भौतिक पूर्वाधारलगायत विकासका क्षेत्रमा भारतको सहयोग छ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको हार्दिकताले दुई देशबीच सम्बन्ध अझ गहिरो भएको छ, इतिहासमै राम्रो सम्बन्ध अहिले स्थापित भएको छ”, उनले भने ।
साक्षात्कारमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालको सहयोग र नेपालमा राणाशासन अन्त्य गर्नका लागि भारतको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।
नेपालबाट भारत निर्यात हुने वस्तुका लागि भारतीय बजार खुला र सहज बनाउनुपर्नेमा पनि पूर्व परराष्ट्रमन्त्री डा महतले जोड दिएका छन् । एक प्रसङ्गमा उहाँले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदनलाई दुवै देशका सरकारले बेवास्ता गरेको हो कि भन्ने आशङ्का रहेको विचार व्यक्त गरे ।
एकीकृत राप्रपा(राष्ट्रवादी) का संयोजक डा प्रकाशचन्द्र लोहनीले भारत विश्वमै उदीयमान अर्थतन्त्रका रुपमा रहेकाले त्यसको फाइदा नेपालले लिनुपर्ने भनाइ राखे । ‘‘दुवै देशले एक–अर्काको समस्यालाई संवेदनशील भएर अघि बढ्नुपर्छ, सांस्कृतिक, आर्थिक, सुरक्षा र राजनीतिक सम्बन्धका पाटाबाट सम्बन्ध मजबुत बनाउनुपर्छ, हामीबीच राजनीतिक रुपमा कुनै समस्या छैन, यसलाई निरन्तरता दिनुपर्छ’’, पूर्वपरराष्ट्रमन्त्री डा लोहनीले भने ।
प्रवुद्ध व्यक्ति समूह (इपिजी) नेपालतर्फका संयोजक डा भेषबहादुर थापाले इपिजीले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न दुवै देश इमान्दार हुनुपर्ने बताएका छन् । नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ र अर्थपूर्ण बनाउन इपिजी प्रतिवेदन महत्वपूर्ण हुने उनको जिकिर थियो ।
राष्ट्रिय जनता पार्टी (राजपा) का नेता अनिलकुमार झाले आतङ्कवाद र अपराधको समस्यालाई दुबै देश मिलेर समाधान गरिनुपर्नेमा जोड दिँदै सीमा क्षेत्रको समस्या बुझ्ने मानिस प्रबुद्ध समूहमा नराखिएकाले प्रतिवेदनमा त्यहाँको समस्या आउन नसकेको विचार व्यक्त गरे ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हजारौँ वर्षदेखिको जनता–जनताबीच रहेको दुई देशबीचको सम्बन्ध अझै सुदृढ बनाइने प्रतिबद्धता जनाएका थिए । “दुई देशका प्रमुख शहरमा शुरु भएको बस सेवाले दुबै देशका जनतालाई जोडेको छ, वर्षौंदेखिको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन अर्को महीना नेपालमा महोत्सव गर्न लागिएको छ, महोत्सवमा भारतको सांस्कृतिक प्रस्तुतिसहित संस्कृत सम्मेलनसमेत गरिनेछ”, उनले भने।
इपिजीले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीले किन नबुझ्नुभएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा राजदूत पुरीले त्यो समूह स्वतन्त्र भएको र आफू त्यसमा सहभागी नभएकाले त्यस विषयमा आफूले जवाफ दिन नसक्ने बताएका छन् ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १६:४३ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...