back

नेपाल–यूएइ दोस्रो सिरिज आज : ब्याटिङ सुधार गर्नुपर्ने चुनौती

वि.सं.२०७५ माघ १२ शनिवार

492 

shares
GLOBAL IME AD
NTC AD

१२ माघ, काठमाडौँ । नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग दोस्रो एकदिवसीय खेल खेल्दैछ ।

तीन एक दिवसीय र तीनवटा टि–२० सिरिजका लागि यूएइ पुगेको नेपाली टोलीले शुक्रबार भएको पहिलो एक दिवसीयमा कमजोर ब्याटिङ प्रदर्शनका कारण पराजित हुनपुगेको थियो ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा नेपाल र युएईबीचको दोस्रो खेल नेपाली समयअनुसार बिहान ११ः१५ मा शुरु हुनेछ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ ।

शुक्रबारको खेलमा पराजित भएपछि नेपाली टोलीको मुख्य प्रशिक्षक जगत टमाटाले कमजोर ब्याटिङ प्रदर्शनका कारण खेल हार्नुपरेको बताउँदै आजको खेल जित्न कुनै पनि हालतमा ब्याटिङमा सुधार गर्नुपर्ने बताए ।

उपकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबारको पहिलो खेलमा नेपाल पराजित हुनुमा ब्याट्सम्यानकै कमजोरी रहेको स्वीकार गर्दै आजको खेलमा ब्याटिङ सुधार गर्ने दाबी गरे ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलिरहेको नेपाललाई सिरिज जोगाउन पनि आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाले नेपालले सिरिज १–१ को बराबरी गर्नेछ । दोस्रो खेल गुमाए नेपालको पहिलो एकदिवसीय सिरिज जित्ने सपना अधुरो रहनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो । युएई नेपालविरुद्धको ३ खेलको सिरिजमा १–० ले अघि छ । नेपालको यो पाँचौ एकदिवसीय खेल हुनेछ । जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको नेपालले गत असारमा नेदरल्याण्डसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ ।

वि.सं.२०७५ माघ १२ शनिवार ११:४७ मा प्रकाशित

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...