back
CTIZAN AD

नेपाल–यूएइ दोस्रो सिरिज आज : ब्याटिङ सुधार गर्नुपर्ने चुनौती

वि.सं.२०७५ माघ १२ शनिवार

792 

shares

१२ माघ, काठमाडौँ । नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग दोस्रो एकदिवसीय खेल खेल्दैछ ।

तीन एक दिवसीय र तीनवटा टि–२० सिरिजका लागि यूएइ पुगेको नेपाली टोलीले शुक्रबार भएको पहिलो एक दिवसीयमा कमजोर ब्याटिङ प्रदर्शनका कारण पराजित हुनपुगेको थियो ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा नेपाल र युएईबीचको दोस्रो खेल नेपाली समयअनुसार बिहान ११ः१५ मा शुरु हुनेछ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ ।

शुक्रबारको खेलमा पराजित भएपछि नेपाली टोलीको मुख्य प्रशिक्षक जगत टमाटाले कमजोर ब्याटिङ प्रदर्शनका कारण खेल हार्नुपरेको बताउँदै आजको खेल जित्न कुनै पनि हालतमा ब्याटिङमा सुधार गर्नुपर्ने बताए ।

उपकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबारको पहिलो खेलमा नेपाल पराजित हुनुमा ब्याट्सम्यानकै कमजोरी रहेको स्वीकार गर्दै आजको खेलमा ब्याटिङ सुधार गर्ने दाबी गरे ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलिरहेको नेपाललाई सिरिज जोगाउन पनि आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाले नेपालले सिरिज १–१ को बराबरी गर्नेछ । दोस्रो खेल गुमाए नेपालको पहिलो एकदिवसीय सिरिज जित्ने सपना अधुरो रहनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो । युएई नेपालविरुद्धको ३ खेलको सिरिजमा १–० ले अघि छ । नेपालको यो पाँचौ एकदिवसीय खेल हुनेछ । जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको नेपालले गत असारमा नेदरल्याण्डसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ ।

वि.सं.२०७५ माघ १२ शनिवार ११:४७ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...