back
CTIZAN AD

मेक्सिकोसँगको सीमा क्षेत्रमा थप अमेरिकी सेना परिचालन

वि.सं.२०७५ माघ २२ मंगलवार

711 

shares

 

२२ माघ, वासिङ्टन ।  अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप तीन हजार ७०० अमेरिकी सेना परिचालन गरेको छ ।

सीमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि उनीहरूलाई पठाइएको जनाएको छ ।

सीमा शुल्क उठान र सिमाना रक्षाका लागि कूटनीतिक अधिकारीहरू पनि बढाइने पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

“उनीहरूलाई अहिले थप ९० दिनका लागि खटाइएको छ, सुरक्षा निकायहरूको सिफारिशका आधारमा फेरि निरन्तरता दिन पनि सकिनेछ, देशको दक्षिणी सिमानाको रक्षाका लागि उनीहरूलाई खटाइएको हो,” वक्तव्यमा लेखिएको छ ।

मेक्सिकोमा सीमा सुरक्षाका लागि बजेट छुट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति सांसदहरूले बिमति जनाएपछि सम्झौताको प्रयास भइरहेका वेला सिमा क्षेत्रमा थप सेना पठाइएको हो ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने प्रस्ताव पटक पटक गर्दै आउनुभएको छ । पर्खाल लगाउनका लागि कोषको व्यवस्था नगरेमा राष्ट्रिय सङ्कट घोषणा गर्ने पनि उहाँले बताउनुभएको छ ।

उनले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने चुनावी एजेण्डा मुख्य बनाउनु भएको थियो ।

उनको यो एजेण्डालाई कार्यान्वयन गर्नका लागि संसद्लाई छलेर गर्न सक्ने अवस्था छैन भने संसद्ले पनि यसलाई स्वीकार्न सकेको छैन । राष्ट्रपति ट्रम्पका लागि यो विषय निकै चुनौती बन्दै गएको छ ।

वि.सं.२०७५ माघ २२ मंगलवार १०:४१ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...