back
CTIZAN AD

किन रोकियो ६२ जनाको छानविन ?

वि.सं.२०७५ माघ २२ मंगलवार

585 

shares

२२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको सम्बन्धमा मुद्दा दायर गरेपछि निकै चर्चा हुन्छ । आयोगको प्रशंसा हुन्छ । तर, आयोगले मुद्दा दायरको तुलनामा ठूलो संख्या यस सम्बन्धी छानबिन तामेलीमा राख्ने गरेको । जसको चर्चा हुँदै हुँदैन । किनकि त्यसलाई गोप्य राखिने गरिन्छ ।
गतवर्ष पूर्व आइजीपीदेखि पूर्वमन्त्रीसम्म ६२ जनामाथिको अनुसन्धान तामेलीमा राखेको विवरण फेला परेको छ । तामेलीमा परेकाहरु धेरैजसो भ्रष्टाचारमा मुछिएका छन् ।
सशस्त्र प्रहरीका पूर्व एआइजी जीवन कुमार थापा, अर्थमन्त्रालयका उपसचिव तुलसी सेढाई, पूर्व सांसद तथा व्यवसायी इच्छाराज तामाङ, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक रमेश बहाद्र सिह, खरिदार दीपक पोखरेल, पूर्वमन्त्री छविराज पन्त, आफताव आलम, गुप्तचरका पूर्व एसपी भविन्द्र मल्ल, आयुर्वेद विभागकी पूर्व महानिर्देशक देवकला भण्डारी माथिको छानविन तामेलीमा राखिएको श्रोतले बताएको छ ।
त्यस्तै बैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक केदार बहादुर बोगटी, राष्ट्र बैंकका संञ्चालक रामजी रेग्मी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. हिराबहादुर मर्हजन, पूर्वएआइजी विजयलाल कायस्थ, शिक्षण अस्पतालका पूर्व डिन शरदराज वन्त, उपसचिव तिर्थराज खनाल, सहचिव सूर्यराज गौतम, तत्कालिन सहचिव बज्रकिशोर यादव, नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद रिमाल लगायतको छानबिन रोकिएको छ ।
उनीहरुको छानविन तामेलीमा राख्न विभिन्न राजनीतिक दलका ठूला नेताहरु लागिपरेको बताइन्छ । दृष्टि साप्ताहिकबाट

वि.सं.२०७५ माघ २२ मंगलवार १०:२४ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...