back

किन रोकियो ६२ जनाको छानविन ?

वि.सं.२०७५ माघ २२ मंगलवार

153 

shares
NTC AD
Global IME AD

२२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको सम्बन्धमा मुद्दा दायर गरेपछि निकै चर्चा हुन्छ । आयोगको प्रशंसा हुन्छ । तर, आयोगले मुद्दा दायरको तुलनामा ठूलो संख्या यस सम्बन्धी छानबिन तामेलीमा राख्ने गरेको । जसको चर्चा हुँदै हुँदैन । किनकि त्यसलाई गोप्य राखिने गरिन्छ ।
गतवर्ष पूर्व आइजीपीदेखि पूर्वमन्त्रीसम्म ६२ जनामाथिको अनुसन्धान तामेलीमा राखेको विवरण फेला परेको छ । तामेलीमा परेकाहरु धेरैजसो भ्रष्टाचारमा मुछिएका छन् ।
सशस्त्र प्रहरीका पूर्व एआइजी जीवन कुमार थापा, अर्थमन्त्रालयका उपसचिव तुलसी सेढाई, पूर्व सांसद तथा व्यवसायी इच्छाराज तामाङ, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक रमेश बहाद्र सिह, खरिदार दीपक पोखरेल, पूर्वमन्त्री छविराज पन्त, आफताव आलम, गुप्तचरका पूर्व एसपी भविन्द्र मल्ल, आयुर्वेद विभागकी पूर्व महानिर्देशक देवकला भण्डारी माथिको छानविन तामेलीमा राखिएको श्रोतले बताएको छ ।
त्यस्तै बैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक केदार बहादुर बोगटी, राष्ट्र बैंकका संञ्चालक रामजी रेग्मी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. हिराबहादुर मर्हजन, पूर्वएआइजी विजयलाल कायस्थ, शिक्षण अस्पतालका पूर्व डिन शरदराज वन्त, उपसचिव तिर्थराज खनाल, सहचिव सूर्यराज गौतम, तत्कालिन सहचिव बज्रकिशोर यादव, नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद रिमाल लगायतको छानबिन रोकिएको छ ।
उनीहरुको छानविन तामेलीमा राख्न विभिन्न राजनीतिक दलका ठूला नेताहरु लागिपरेको बताइन्छ । दृष्टि साप्ताहिकबाट

वि.सं.२०७५ माघ २२ मंगलवार १०:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका...